- ADVERTISEMENT -

प्रदेशमा प्रवेश गर्न निधिको अनुमति चाहिने ! रोकिएनन् शशाङ्क

August 29, 2018
2039
Shares
- ADVERTISEMENT -

काठमाडौं, १३ भदौ । काङ्ग्रेस महामन्त्री डा. शशाङ्क कोइरालालाई तराई प्रवेशमा रोक लगाउन विमलेन्द्र निधिबाट भएको सम्पूर्ण प्रयास असफल भएको छ ।

भदौ १२ गते मंगलबार सर्लाहीको मलंगलामा पार्टीका अगुवा कार्यकर्ताको भेला राखिएको थाहा पाएपछि निधि दुई नम्बर प्रदेशभित्र आफ्नो स्वीकृति नलिईकन कार्यक्रम राखिएको भन्दै क्रूद्ध बनेका थिए ।

- ADVERTISEMENT -

Advertisement

उनले भदौ ७ गते बिहीबार बिहान महामन्त्री कोइरालालाई टेलिफोन गरी सर्लाहीमा मेरो जानकारीबिना किन भेला राखिएको भन्दै उक्त कार्यक्रममा सहभागी नहुन कोइरालालाई चेतावनी दिएका थिए ।

निधिका कुरा सुनेर स्तब्ध भएका डा. कोइरालाले साथीहरूलाई वचन दिइसकेकोले आफू रोकिन नमिल्ने जवाफ दिएको र कोइरालाले त्यसरी आफू कार्यक्रममा सहभागी हुन प्रतिबद्ध रहेको बताएपछि निधिले जिल्लाको पार्टी सभापति नै सहभागी नहुने ठाउँमा तपाईं नजानु राम्रो हुन्छ भनी ‘सुझाव’ दिएका थिए ।

तर, शशाङ्कले निधिको सुझावलाई टेरपुच्छर लगाएनन् । यसरी शशाङ्क सर्लाहीको कार्यक्रममा नगइनछोड्ने भएपछि निधिले बिहीबार (७ गते) बेलुका साढे ६ बजे सर्लाहीका सभापति नागेन्द्र रायसहितको एउटा टोलीलाई शशाङ्क कोइरालाको निवासमा पठाए र उनलाई रोक्नका लागि अन्तिम प्रयास गरे ।

विमलेन्द्रको इच्छा र षड्यन्त्रलाई राम्ररी बुझेका शशाङ्कले नागेन्द्रको टोलीलाई उल्टै सम्झाएर पठाइदिए । त्यसपछि विमलेन्द्रले रणनीति बदले, उनले शशाङ्क जाने कार्यक्रममा सर्लाहीका कोही पनि अगुवा कार्यकर्तालाई सहभागी हुनबाट रोक लगाउने निर्देशन नागेन्द्र रायलाई दिए ।

निधिको आदेशलगत्तै नागेन्द्रले ललितपुरको सानेपास्थित वासस्थानमा भदौ ८ गते बिहान एक बैठक आयोजना गरे । बैठकमा सर्लाही काङ्ग्रेसका नेताहरू हरिश महतो, जंगीलाल राय, शम्भुलाल श्रेष्ठ, उपेन्द्र कुसवाह र वीरेन्द्रप्रसाद सिंहको उपस्थिति रहेको बताइन्छ । निजहरूलाई विमलेन्द्र निधि आफैँले टेलिफोन गरी काठमाडौं बोलाएका थिए ।

नागेन्द्रको घरमा आयोजित बैठकमा शशाङ्कको कार्यक्रममा सर्लाहीका चारवटै निर्वाचन क्षेत्रबाट आउने मानिसलाई रोक्नका लागि जिम्मेवारी बाँडफाँड गरिएको थियो ।

जसअनुसार एक नम्बर निर्वाचन क्षेत्रबाट आउनेहरूलाई रोक्ने जिम्मेवारी शम्भुलाल श्रेष्ठ, दुई नम्बर क्षेत्रकालाई नागेन्द्र स्वयम् र जंगीलाल राय, तीनबाट हरिश महतो र चार नम्बरबाट आउने कार्यकर्ता रोक्ने जिम्मेवारी वीरेन्द्रप्रसाद सिंह र उपेन्द्र कुसवाहलाई दिइएको थियो ।

यसरी कार्यक्रममा सहभागी शून्य बनाइदिएर शशाङ्कको बेइज्जत गर्ने र दुई नम्बर प्रदेशमा जान चाहनेहरूले आफ्नो अनुमति लिएर मात्र जानुपर्ने बाध्यात्मक अवस्था सिर्जना गराउने प्रयोजनसहित विमलेन्द्र निधिद्वारा खटाइएका नेताहरू सबै जिल्ला पुगे र पार्टीका अगुवा कार्यकर्ताहरूलाई कार्यक्रममा सहभागी नहुन भित्रभित्रै ‘सुर्कलर’ पनि गरे ।

तर, विमलेन्द्रको योजना पूर्ण रूपमा असफल भयो । जिल्लाका अधिकांश कार्यकर्ताले मंगलबार (भदौ १२ गते) आयोजित कार्यक्रममा उत्साहजनक सहभागिता जनाए । भेलाको सफलतालाई विमलेन्द्र निधिको ठूलो पराजयको रूपमा लिइएको छ । घटना र विचारका साथमा ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -