- ADVERTISEMENT -

“प्रथम मुन्थला धार्मिक तथा पर्यटन महोत्सव २०७५” को तयारी पुरा

November 20, 2018
1114
Shares
- ADVERTISEMENT -

गोरखा, २०७५ साल मङ्सिर ४ गते मंगलबार । “प्रथम मुन्थला धार्मिक तथा पर्यटन महोत्सव २०७५” को तयारी पुरा भएको छ । गोरखाको गण्डकी गाउँपालिका-८ बेनीगाउँमा रहेको मुन्थला मन्दिर संरक्षण र प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको हो । महोत्सव यहि मङ्सिर ५ र ६ गते गण्डकी गाउँपालिका-८ मुन्थलामा हुने भएको छ ।

महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मङ्सिर ५ गते दिउसो १२ बजेर १०मिनेटमा समुद्घाटन गर्ने कार्यक्रम तय गरिकोको मुल आयोजक समितिका संयोजक भिम श्रेष्ठले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

‘महोत्सवकै अवसर पारेर वेनिगाउँमा होमस्टे पनि संचालन गर्ने तयारी गरेका छौ, ‘अहिले दश घरबाट शुरु गर्छाै, पछि थपिदै जान्छ ।’ उक्त क्षेत्रमा आदिवासी जनजातिको वाहुल्यता रहेको छ । उहाले भन्नुभयो ।

महोत्सवमा फूलको डोलीसहित मन्दिर परिक्रमा, होमस्टे उद्घाटन, म्याराथुन दौड, नृत्य प्रतियोगिता, शिलालेखको शिलान्यास, स्थानीय तथा रितिरिवाज अनुसारको झाँकी प्रर्द्धशनी, ख्यातीप्राप्त रास्ट्रिय स्तारका कलाकारहरुको बिजोड प्रस्तुति, स्थानीय उत्पादनको बिक्रि तथा प्रवर्द्धन लगायतका कार्यक्रम राखिएको छ ।

महोत्सवले पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । संरक्षण र प्रवर्द्धक गण्डकी गाउँपालिका रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -