- ADVERTISEMENT -

पोखरामा रवीन्द्र अधिकारीको शालिक अनावरण

February 27, 2020
1284
Shares
- ADVERTISEMENT -

पोखरा, १५ फागुन २०७६ । स्व रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ । स्व अधिकारीको १ बर्षको पुष्यतिथि पारेर पोखरा १८ जामुनबोटमा बन्दै गरेको सहिद पार्कमा उनको शालिकको अनावरण गरिएको हो ।

सहिद पार्कको पूर्वी भागमा ठडिएको पूर्ण कदको रंगीन शालिकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिक मामिला तथा योजनामन्त्री हरिबहादुर चुमान, उनकी धर्मपत्नी विद्या भट्टराई, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसी लगायतले शालिकको अनावरण गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

६ महिना समय लागेको यो मूर्ति सुर्खेतका कलाकार तिलबिर सुनार सेन्चुरीले तयार पारेका हुन् । सो अवसरमा मुर्ति तयार गनेृ तिलबिरलाई प्रमाणपत्र सहित माला लगाएर सम्मान गरिएको थियो ।

नेपाली राजनीतिमा लोकप्रीय युवा नेताको छवि बनाउन सफल तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अकल्पनीय निधन भएको आज (फागुन १५ गते) एक वर्ष पुगेको छ।

भरतपोखरी गाविस जामुनाबोटमा २०२६ सालमा जन्मेका अधिकारी कास्की क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए ।

वि.सं.२०४२ मा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू गरेका उनले विभिन्न जिम्मेवारी बहन गर्दै २०४९ सालमा पिएन क्याम्पस र २०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बन्न सफल भए । उनले २०४५ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेक थिए ।

वि.सं.२०६४ र २०७० को संविधानसभा सदस्यमा कास्की क्षेत्र नं.३ बाट निर्वाचित र २०७४ सालको प्रतिनिधिसभा सदस्यमा कास्की क्षेत्र नं.२ बाट उनी निर्वाचित भएका थिए । उनले २०७४ चैत २ गते नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

उनको निधनपछि २०७६ जेठ १८ गते उनका योगदानलाई चिरस्थायी बनाउन ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’को स्थापना गरिएको छ । जसको अध्यक्ष रवीन्द्र पत्नी विद्या भट्टराई छिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -