- ADVERTISEMENT -

पेट्रोलियम पदार्थको मुल्यवृद्धिको नेबिसंघद्वारा प्रतिगामी सरकारको निर्णय प्रति निन्दा र भर्त्सना

January 19, 2021
546
Shares

काठमाडौं,मंगलबार, ६ माघ २०७७ । पेट्रोलियम पदार्थको मुल्यवृद्धिको नेबिसंघद्वारा प्रतिगामी सरकारको निर्णय प्रति निन्दा र भर्त्सना गरेको छ ।

अत्यावश्यकिय उपभोग्य बस्तु पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएको छ । मुल्यवृद्धि भए लगतै नेबिसंघ, केन्द्रीय समिति महामन्त्री बलदेव तिमल्सिनाले प्रेस बिज्ञप्ति जारी गर्दै अत्यावश्यकिय उपभोग्य बस्तु पेट्रोलियम पदार्थ माथी चरम मुल्यबृद्धि गर्ने प्रतिगामी सरकारको निर्णय प्रति निन्दा र भर्त्सना गरेका छ्न ।

प्रेस बिज्ञप्ति

मिति:२०७७।१०।०५
अत्यावश्यकिय उपभोग्य बस्तु पेट्रोलियम पदार्थ माथी चरम मुल्यबृद्धि गर्ने प्रतिगामी सरकारको निर्णय प्रति निन्दा र भर्त्सना गर्दछु ।

भ्रष्टाचारमा चुर्लुम्म डुबेको जनतामारा सरकारको जनता बिरुद्धको रबैयाको निरन्तरताको रुपमा लादिएको यो निर्णय आम नेपाली जनताको ढाड सेक्ने र चुलो बन्द गराउने नियतबाट उद्यत छ ।

एक पछि अर्को जनबिरोधी गतिविधिमा लिप्त भ्रष्ट र प्रतिगामी सरकारको जनघाति कदम र निर्णयका बिरुद्ध शसक्त प्रतिरोध गर्न सबैमा हार्दिक अपिल गर्दछु।जय नेपाल ।

बलदेव तिमल्सिना
महामन्त्री
नेबिसंघ, केन्द्रीय समिति

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -