काठमाडौँ, बुधबार, १७ असार २०७७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । मूल्यवृद्धिपछि काठमाण्डौ उपत्यकामा पेट्रोल एक सय एक रुपैयाँ तथा डिजेल तथा मट्टीतेल समान ८७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
- ADVERTISEMENT -
आयल निगमले १५ दिनअघि प्राप्त नयाँ मूल्यसूचीका आधारमा मंगलबार रातिदेखि लागू हुने गरी मूल्यवृद्धि गरेको हो ।