- ADVERTISEMENT -

पृथ्वी जयन्तीको दिन भिमसेनथापा गाउँपालिकामा सार्बजनिक बिदा दिने निर्णय (बिज्ञप्ति सहित)

January 9, 2020
871
Shares
- ADVERTISEMENT -

गोरखा, २४ पुस २०७६ । पृथ्वी जयन्तीको दिन पुस २७ गते भिमसेनथापा गाउँपालिकामा सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।

भिमसेनथापा गाउँपालिकामा यहि पुस २३ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय एकता दिवस तथा रास्ट्र निर्माता तत्कालीन राजा श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको २९७ औं जन्म जयन्तीको शुभ अवसरमा इतिहासको उच्च सम्मानसहित यहि पुस २७ गतेका दिन सर्बजनिक बिदा दिने निर्णय गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

कार्यपालिकाको बैठकबाट निर्णय गरेर सार्वजनिक सुचना जारी गर्दै उक्त दिन पालिका मातहतका कार्यालयमा बिदाको निर्णय सार्वजनिक गरिएको हो ।

भिसमेन थापा गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले पृथ्वीनारायण शाहको उच्च सम्मानमा उक्त दिन सार्वजनिक बिदा दिएर कार्यक्रम गर्न लागिएको बताउनु भयो । गोरखा र पृथ्वी नारायण शाह बिचको इतिहास प्रचार गर्न सके भ्रमण वर्षमा नेपाल आउने पर्यटकको संख्या उल्लेख्य बढ्ने पालिकाहरुको अपेक्षा छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -