- ADVERTISEMENT -

पृथ्वीनारायण शाहले गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौंसम्म यात्रा गरेको मार्गलाई परिचित गराउदै पैदल यात्रा काठमाडौंमा

January 8, 2020
1471
Shares
- ADVERTISEMENT -

ककनी (नुवाकोट), २३ पौष २०७६ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौंसम्म यात्रा गरेको मार्गलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा परिचित गराउन तामझामका साथ सुरु भएको पैदल यात्रा काठमाडौं आइपुगेको छ ।

गोरखा जिल्लाको गोरखा दरबारबाट पुस १८ गते सुरु भएको पैदल यात्रा धादिङ, नुवाकोट जिल्लाका विभिन्न भाग हुँदै काठमाडौंको नागार्जुन आइपुगेको हो ।

- ADVERTISEMENT -

Advertisement

नेपाली सेनाको टोलीले गोरखामा बालेको टर्च लाइट, राष्ट्रिय झण्डा, पाँच पुराना पल्टनका झण्डासहितको पैदलयात्रा बाजागाजा र नाचगानसहित अगाडि बढेको छ ।

गोरखाको रणसिंह दलगणले धादिङ जिल्लासम्म ल्याएर देवीदत्तगणलाई टर्चलाइटसहितका सामग्री हस्तान्तरण गरेको थियो । त्यस क्रममा गोरखा दरबार–धादिङको कटुन्जे, नुवाकोटको भ¥याङ भुरुङ, टक्सार, सामरी भन्ज्याङ, देउडी, खिन्चेत, गेर्खुटार, केउरिनी चौतरा, महामण्डल डाँडा
(कालिका मालिका कालुपाण्डेले हमला गरेको स्थान), नुवाकोट दरबार, शेराबेसी रानीदरबार, रानी पौवा–ककनी डाँडा हुँदै पाँचमाने–मुड्खुबाट नागार्जुनसम्मको पैदल मार्ग पूरा गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

ककनीमा आयोजित कार्यक्रममा देवीघाटबाट पैदल यात्रामा रहेको जबरजंग गणका सहसेनानी सरोज खड्काले बालाजु काठमाडौंबाट गएको शमशेर गणका प्रमुख गणपति प्रमुख सेनानी महेश्वर कार्कीलाई टर्चलाइट हस्तान्तरण गरेका छन । स्थानीय जनप्रतिनिधि, विद्यार्थीसहितको कार्यक्रममा पृथ्वीनारायण शाहले पु¥याएको योगदानको चर्चा गरियो । पदयात्रामा निस्किएको टोलीमा पृथ्वीनारायण शाहकालीन पोशाक लगाएका सेनाहरू पनि सहभागी छन् ।

वीर गोरखाली फौजका नामले विश्वमा चिनिएको नेपालको वीरताको गाथालाई उजागर गर्न, पदमार्ग, कोट, गणी र किल्लाहरु सम्बद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रम रहेको जानकारी प्रमुख सेनानी कार्कीले दिए । उहाँले नेपाली सेनाले पुर्खाले गरेको पराक्रमलाई नयाँ पुस्तालाई ताजा बनाइराख्न एकीकरण पदमार्ग सुरु गरिएको बताएका छन ।

यात्राकै क्रममा काउलेथान क्षेत्रमा भेटिनुभएका भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री रामवीर मानन्धरले मंगलबार शुभकामना दिदै नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सुरु भएको यस पैदलयात्राले नेपालको शान्ति र वीरताको गाथालाई विश्वमा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पृथ्वीनारायण शाहले एकीकरण गर्नु पूर्व हालको नेपाल बाइसी, चौबिसी राज्यका अतिरिक्त ५० भन्दा राज्यमा विभाजित थियो । उर्लंदो र उन्मत्त अंग्रेजको साम्राज्य विस्तारको अभियानलाई रोकेर पृथ्वीनारायण शाहको नेतृत्वमा वर्तमान नेपालको निर्माण भएको हो । त्यति बेला अंग्रेजहरूले भूगोलको विस्तार गर्ने मात्र होइन, धार्मिक, सांस्कृतिक र भाषिक साम्राज्य विस्तार गर्ने नीति पनि अबलम्बन गरेको पाइन्छ ।

‘नेपाल सबै जातको फूलबारी हो’ भन्ने पृथ्वीनारायण शाहको दिव्य दिव्योपदेशबाट यो एकीकरणले सबै जातजाती, सबै धर्म र संस्कृतिका जनताको सहअस्तित्वालई स्वीकार गरेको पाइन्छ । एकीकरणपछि काठमाडौं उपत्यकामा प्रचलित नेवारी र पूर्वको विजयपुर सेन राज्यमा किराँत धर्म र संस्कृतिलाई नखल्बल्याउनु भनी दिएका शाहका भनाइबाट नेपाल राज्यलाई एकताको सूत्रमा बाँधिन सहयोग पुगेको पाइन्छ ।

नुवाकोटको पल्टनले बुझाएको टर्चलाइट र राष्ट्रिय झण्डासहितको टोली नागार्जुन आइपुगेको छ । त्यसले सिंहदरबारमा रहेको चण्डी दललाई हस्तान्तरण गर्ने र पृथ्वी जयन्तीको दिन पुस २७ गते राजधानीमा हुने कार्यक्रममा समावेश गरिने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -