- ADVERTISEMENT -

पुरुष फुटबलतर्फको लिग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेश भिड्दै

December 8, 2019
581
Shares
- ADVERTISEMENT -

काठमाडौं, २२ मङ्सिर २०७६ । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता  (साग) अन्तर्गत पुरुष फुटबलतर्फको लिग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेश भिड्दैछन् ।

खेल दशरथ रंगशालामा बेलुका ५ बजे सुरु हुनेछ । खेल राउण्ड रोविन लिगमा आधारित रहेको छ । फाइनल पुग्न दुवै टिमका लागि आजको खेल महत्वपूर्ण छ । नेपालले बराबरी खेले मात्र पनि फाइनल पुग्नेछ बंगलादेशले भने फाइनल पुग्ने जित्नैपर्ने छ ।

- ADVERTISEMENT -

Advertisement

नेपालले बंगलादेशलाई पराजित गरेमा लिगको शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ । भुटान ४ खेलबाट ९ अंक जोड्दै यसअघि नै फाइनल पुगिसकेको छ ।

नेपालको ३ खेलबाट ७ अंक छ भने बंगलादेशको समान खेलबाट ४ अंक छ । हिजो भएको खेलमा भुटानले श्रीलंकालाई हराउँदै पहिलो पटक साग इतिहासको फुटबलमा फाइनल प्रवेश गरिसकेको छ । फाइनल पुगेपछि भुटानी राष्ट्रिय यू–२३ टिमका प्रशिक्षक पेमाले नेपाल फाइनलमा नपरे आफ्नो टिम अर्को इतिहास रच्न सफल हुने दाबी गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -