- ADVERTISEMENT -

पाल्पामा बस दुर्घटना : १२ को मृत्यु, १५ जना घाइते

June 1, 2018
1614
Shares
- ADVERTISEMENT -

१८ जेठ, काठमाडौं । पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान रम्भा गाउँपालिका–४, होमिनमा सडकबाट खसेर भएको दुर्घटनामा यति ठूलाे मानवीय क्षति भएकाे हाे ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तका अनुसार दुर्घटनामा ९ पुरुष र ३ महिलाको मृत्यु भए पनि सनाखत हुन बाँकी छ ।

दुर्घटनामा परी घाइते भएका १५ जनालार्इ उद्धार गरी अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार बसमा लक्ष्मी बचत तथा ऋण सहकारी संस्था सम्बद्ध २७ जना सवार थिए । बस सडकबाट अन्दाजी २ सय मिटर तल खसेकाे बताइए पनि कारण खुलेकाे छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -