- ADVERTISEMENT -

पालुङटार सामुदायिक स्वास्थ्य केन्द्र भवनको हस्तान्तरण तथा बर्थिंग सेन्टर उद्घाटन

October 17, 2019
1039
Shares
- ADVERTISEMENT -

गोरखा, ३० असोज २०७६ । पालुङटार नगरपालिका र छाँया नेपालको समन्वयमा निर्माण भएको सामुदायिक स्वास्थ्य केन्द्र भवनको एक समारोहका बिच आज बिहिबार उद्घाटन गरी हस्तान्तरण गरिएको छ ।

निर्माण व्यवस्थापन समितिका अध्यक्ष धन प्रसाद श्रेष्ठको अध्यक्षतामा पालुङटार नगरपालिकाका  नगर प्रमुख ई दीपक बाबु कंडेलको प्रमुख आतित्थ्यमा एबं पालुङटार नगरपालिका उप प्रमुख पम्फा बसेल तथा छायाँ नेपालका प्रतिनिधिको विशिष्ट आतित्थ्यमा पालुङटार सामुदायिक स्वास्थ्य केन्द्र भवनको हस्तान्तरण तथा बर्थिंग सेन्टर उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

- ADVERTISEMENT -

Advertisement

सामुदायिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन नगर प्रमुख, उप प्रमुख तथा छायाँ नेपालका प्रतिनिधिले सामुहिक रुपमा पानसमा बत्ति बालेर  शिला पत्र अनावरण तथा रिबन काटी उद्घाटन गर्नु भएको थियो ।

ने क पा का बिबस चिन्तन, ने का का बिमल ढकाल, वडा अध्यक्ष ८ का शंकर कंडेल लगायत अतिथि महानुभावले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

पालुङटार नगरपालिका र छायाँ नेपालको प्राबिधिक र आर्थिक सहयोगमा सम्पन्न भएको पालुङटार सामुदायिक स्वास्थ्य केन्द्र भवन रहेको उक्त भवन जग्गा दाता स्थानीय बबर गुरुङले जग्गा उपलब्ध गराई सहयोग गर्नु भएको थियो ।

सामुदायिक स्वास्थ्य केन्द्र भवनको निर्माणका क्रममा सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबहरुलाई धन्यबाद ज्ञापन गर्नु हुदै सम्मान तथा प्रसंशा पत्र नगर प्रमुखको हातबाट वितरण गरिएको थियो ।

नगर स्वास्थ्य केन्द्रका संयोजक सुनिल जंग ठकुरीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -