- ADVERTISEMENT -

पार्टी कार्यलयबाट प्रहरी धरपकड गर्नु, सरकार पञ्चायत भन्दा पनि तल गिर्योको प्रमाण- काँग्रेस प्रवक्ता शर्मा

June 15, 2018
1906
Shares
नेपाली काँग्रेस सुर्खेत जिल्ला पार्टी कार्यलयमा धरपकड गर्दै प्रहरी
- ADVERTISEMENT -

काठमाडौं- नेपाली काँग्रेस सुर्खेत जिल्ला पार्टी कार्यालयमा प्रहरी प्रवेश गरी आक्रमण तथा धरपकड गर्नु भनेको सरकार पञ्चायत भन्दा तल गिरेको काँग्रेसको ठम्माइ  छ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा शुक्रबार एक विज्ञप्ती जारी गर्दै  भनेका सरकारले पटक पटक पेट्रोलियम पदार्थमा गरेकाे मसल्यवृद्विको विरोध गर्दा पार्टी कार्यलयमा नै गएर धरपकड गर्नु भनेको पञ्चायतलाई पनि माथ गर्नु हो ।

- ADVERTISEMENT -

Advertisement

प्रवक्ता शर्माका अनुसार सुर्खेतमा भएको घटनाका प्रति नेपाली कांग्रेसको गम्भीरतापूर्वक ध्यानाकृष्ट भएको छ । निरन्तर भएको मूल्यवृद्धिका विरुद्ध विद्यार्थीहरुले गरेको प्रदर्शन पश्चात नेपाली कांग्रेस सुर्खेतकै जिल्ला पार्टी कार्यालयमा समेत प्रहरीले प्रवेश गरी आक्रमण र धरपकड गर्नु सामान्य विषय होइन ।

प्रवक्ता शर्माले भनेका छन, पञ्चायत कालमा समेत पार्टी  कार्यालयभित्रै पसेर प्रहरीले आक्रमण गर्ने घटना भएका थिएनन् तर यो सरकारले गर्यो ।  सडक पनि लोकतन्त्रमा फरक मत प्रस्तुत गर्ने अभिन्न अंग हो । तर कम्युनिष्ट सरकारको पालामा यस्तो घटना हुनुले सरकारको लोकतन्त्रप्रतिको विश्वासमा प्रश्न उठेको छ विज्ञप्तीमा भनिएको छ ।  सरकारको यस्तै रवैया रहे विद्यार्थीहरुले सडकमा मात्र होइन सिंहदरवारभित्रै प्रवेश गरेर प्रधानमन्त्रीकै कार्यालय अघिल्तिर प्रर्दशन गर्ने चेतावनी दिन चाहन्छु शर्माले भनेका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -