- ADVERTISEMENT -

पाकिस्तानमा हिमपातले २५ जनाको मृत्यु

January 14, 2020
951
Shares
- ADVERTISEMENT -

एजेन्सी, २९ पौष २०७६ । भारी हिमपात र भीषण वर्षाले पाकिस्तानमा २५ जनाको मृत्यु भएको छ ।

मौसममा आएको खराबीसँगैको यो बिपत्तीका कारण पाकिस्तान सरकारले प्रभावित क्षेत्रमा संकटकालको घोषणा गरेको छ । सबैभन्दा ठूलो राज्य बलुचिस्तानमा अत्याधिक हिमपात हुँदा १४ जनाको मृत्यु भएको छ । खराब मौसमका कारण सडक र हवाइमार्ग पनि प्रभावित भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

बलुचिस्तानमा कुनै पनि माध्यमबाट सम्पर्क हुन नसकेको अधिकारीहरले जनाएका छन् । क्वेटांमा निरन्तरको हिमपातले कच्ची घर भत्किएका छन् ।

अस्पतालमा दर्जनौं घाइते भर्ना भएका छन् । पाकिस्तानमा २० बर्षयताकै भीषण हिमपात भएको हो । बलुचिस्तानका सात जिल्लामा भीषण वर्षा र हिमपात भएपछि संकटकाल घोषणा गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -