- ADVERTISEMENT -

पाँचौ प्रधान सेनापति खुल्ला म्याराथुन प्रतियोगिता सम्पन्न

February 15, 2020
934
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ३ फागुन २०७६ । पाँचौ प्रधानसेनापति खुल्ला म्याराथुन प्रतियोगिता २०७६ सम्पन्न भएको छ ।

महाशिवरात्री तथा नेपाली सेना दिवस २०७६ को पूर्व सन्ध्यामा आयोजना गरिएको उक्त प्रतियोगितामा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा “UNITED WE STAND -SOLIDARITY IN DIVERSITY” भन्ने मूल नारा सहित ‘प्रधान सेनापति पाँचौ खुल्ला म्याराथन दौड प्रतियोगिता २०७६’ तथा RUN FOR OWN HEALTH कार्यक्रम सम्पन्न भएको छ ।

- ADVERTISEMENT -

Advertisement

उक्त प्रतियोगितामा ४२.१९५ किलोमिटर म्याराथन (पुरुष मात्र),२१ किलोमिटर हाफ म्याराथन (महिलारपुरुष), विदेशी सैनिक सहचारी एवं कूटनीतिज्ञहरु सहितको नेपाली सेनाका अधिकृतहरुको १०कि.मि. दौड (महिला र पुरुष), विभिन्न विद्यालयका छात्र र छात्राहरुको ५ किलोमिटर दौड तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विदेशी कुटनीतिक पदाधिकारी र निजामति उच्च पदाधिकारीहरु सम्मिलित ५ किलोमिटर वाकाथन समावेश गरिएको थियो ।

त्यसैगरी, प्रतियोगिताको छात्र तर्फको ५ कि.मि. दौडमा ईश्वर चन्द्र बस्नेत, प्रविन राज अधिकारी र सविन राईले क्रमश : प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्नुभएको थियो ।

त्यसैगरी, छात्रातर्फ स्वेच्छा बलामी मगर, सुनिता श्रेष्ठ र रचना राना मगरले क्रमश : प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्नुभएको थियो ।

सोही अवसरमा, पुरुष तर्फको १०कि.मि. दौडमा नेपाली सेनाका सह-सेनानी नवराज थापा, सह-सेनानी अजय जंग सुवेदी र सेनानी चन्द्र बहादुर थापा क्रमश : प्रथम, द्वितिय र तृतिय हुनु भएको थियो ।

त्यसैगरी, महिलातर्फ सह-सेनानी देवी पुन, सह-सेनानी रश्मिला अर्याल र सह-सेनानी सीता कुँवर क्रमश : प्रथम, द्वितिय र तृतिय हुनु भएको थियो ।

हाफ म्याराथन २१ कि.मि. दौड दुई विद्या ९.४५ बर्ष मुनि र माथि उमेर समूहमा गरिएको थियो । ४५ बर्ष मुनि पुरुष तर्फको २१ कि.मि. दौडमा तीर्थ पुन, नेपाली सेनाका अम खगेन्द्र भाट र नेपाली सेनाकै सि. दिपक अधिकारीले क्रमश : प्रथम, द्वितिय तृतिय स्थान हासिल गर्न सफल हुनु भएको थियो ।

त्यसैगरी, सोही विद्याको महिलातर्फ पुष्पा भण्डारी, राज पुरा पछाईं र नेपाली सेनाका अम विश्व रुपा बुढाले क्रमश : प्रथम द्वितिय र तृतिय स्थान हासिल गर्नु भएको थियो ।

उक्त २१ कि.मि. दौडमा प्रथम, द्वितिय तथा तृतिय स्थान हासिल गर्नु हुने धावकहरुले क्रमशः छ हजार रुपैया,रु पैतिस हजार र रु. पच्चीस हजार नगद पुरस्कार तथा मेडल र प्रमाण पत्र प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी,४५ वर्ष माथिको २१ कि.मि. विधामा धर्म महर्जन, भीम बहादुर गुरुङ र भिमसेन अवालेले क्रमश : प्रथम, द्धितिय र तृतिय हुन सफल भई नगद पुरस्कार क्रमश : रु. चालिस हजार, रु. पच्चीस हजार र रु.पन्ध्र हजार प्राप्त गर्नु भएको थियो ।

त्यसैगरी, म्याराथन प्रतियोगितामा नेपाली सेनाका होमलाल श्रेष्ठले २ घण्टा २२ मिनेट १७ सेकेण्डमा दौड पूरा गर्नु भई प्रथम स्थान हासिल गर्नु भएको थियो भने नेपाली सेनाका जम। कृष्ण बस्नेत द्वितिय र नेपाली सेनाका प्युठ नवराज साउदले तृतिय स्थान हासिल गर्नु भएको थियो ।

उक्त प्रतियोगितामा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले म्याराथनमा प्रथम हुनुहुने नेपाली सेनाका जम होमलाल श्रेष्ठलाई रु१ लाख २५ हजारको चेकबोर्ड, मेडल, प्रमाण पत्र र ट्रफी प्रदान गर्नु भएको थियो भने द्वितिय, तृतिय, चौथो, पाँचौ, छैठौ र सातौँ स्थान हासिल गर्न सफल हुनु भएका धावकहरुलाई समेत प्रधानसेनापति थापाले क्रमशः रु.

पैसट्ठी हजार, रु. पैतिस हजार, रु. पच्चीस  हजार, रु. पन्ध्र  हजार, रु. दश हजार र रु. आठ हजारसहित मेडल र प्रमाण पत्र समेत प्रदान गर्नुभएको थियो ।

साथै,प्रथम हुनुहुँने जम श्रेष्ठले पुरस्कार स्वरुप यामाहाको मोटरसाईकल समेत प्राप्त गर्नु भएको थियो ।

सोही कार्यक्रममा नेपाल सरकारका सचिवहरु, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, अन्य सुरक्षा निकायका उच्चपदस्थ अधिकृतहरु, अखिल नेपाल फूटबल संघका प्रतिनिधिहरु, विभिन्न बैंकका प्रतिनिधिहरु, खेलकुद पत्रकार मञ्च, सञ्चारकर्मीलगायत विभिन्न विद्यालयहरुका विद्यार्थीहरुको समेत उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -