- ADVERTISEMENT -

‘पहिले हिँडिरहेको बाटो जाँदा सजिलो हुन्छ तर नयाँ लिगमा हिड्न कहिलेकाँही असजिलो : प्रचण्ड

February 14, 2020
989
Shares
- ADVERTISEMENT -

गोरखा, २ फागुन । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशमा चाहेजस्तो गती अझै आइनसकेको बताएका छन्। संविधान निर्माण र संघियता कार्यन्वयनसँगै नयाँ लिगमा देश हिँडिरहेको बताउँदै उनले भने ‘पहिले हिँडिरहेको बाटो जाँदा सजिलो हुन्छ तर नयाँ लिगमा हिड्न कहिलेकाँही असजिलो हुँदो रहेछ।’

नेपालका प्रथम शहिद लखन थापाको एक सय ४३ औँ स्मृती दिवसको अवसरमा शहिद लखन गाउँपालिका ७ मा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले संविधान अनुसार नयाँ ऐन, कानुन नियम बनाउनुपर्ने, कर्मचारी खटाउनुपर्ने, संरचना बनाउनुपर्ने कारणले चाहेजस्तो गती देशले अझै नलिएको दुखसे पोखे। ‘छिमेकी देश र अन्तरराष्ट्रिय सम्बन्ध राम्रो बनाईसकेका छौँ, थुप्रै पूर्वाधार र विकाससँग सम्बन्धित काम सकिएको छ’ अध्यक्ष दाहालले भने ‘अब विकास र समृद्धी तर्फ देशलाई दु्रत गतीमा अघि बढाउनुपर्नेछ।’ कृषि, जलस्रोत, पर्यटन, जडिवुटी र विकासका निम्ति नयाँ युग आउने गरी अघि बढ्ने उनले बताए।

- ADVERTISEMENT -

Advertisement

गोरखाको विकासका लागि १२ सय मेघावाटको बुढीगण्डकी परियोजना अत्यावश्यक रहेको भन्दै उनले भने ‘मुआब्जाको अन्यौल टुङ्गिएको छ, छिट्टै पुर्नबास र पुर्नस्थापनाको काम अघि बढ्छ।’ बहुआयमिक आयोजना भएकाले बुढीगण्डकी निर्माणले देशकै अर्थतन्त्रमा गुणात्मक भुमिका खेल्ने दावी अध्यक्ष दाहालले गरे। जुन गतिमा बुढीगण्डकी अघि बढ्नुपर्ने थियो त्यो गतिमा भने बढ्न नसकेको प्रति उनले चिन्ता जनाए। गोरखा हुँदै तिब्बत जोड्ने सडक नेपाली सेनाले निर्माण गरिरहेको र उक्त सडक गोरखाको ‘राईटलाईन’ को रुपमा विकास हुने उनले बताए।

लखन थापाले राणा शासनविरुद्ध गरेको योगदानको चर्चा गर्दै अध्यक्ष दाहालले जनयुद्धको अन्तिम तयारी चलेका बेला २०५१ सालमा आफूले पनि लखन थापाको बिद्रोहको महत्वका बारेमा उल्लेख गरेको बताए। शहिद लखन थापा नेपालको प्रथम सहिद घोषणा भएकोमा गर्व भएको महशुस गरे। लखन थापालाई राष्ट्रिय विभुतीको रुपमा सम्मान गर्ने विषयमा सकारात्म र रचनात्मक पहल गर्ने बताए। फागुन २ गते स्मृती सभालाई केन्द्रीय रुप दिन आफूले सहयोग आश्वासन उनले दिए।

शहिद लखन गाउँपाकिाले हरेक वर्ष स्मृती दिवसको असवरमा पालिकाभित्र सार्वजनिक बिदा दिँदै आएको छ। शहिद लखन थापासँगै मारिएका उनका सहयोगी जैयसिं चुमि राना मगरलाई शहिद घोषण गर्नुपर्ने, लखन थापाको स्मृती दिवसको दिन सरकारले देशब्यापी बिदा दिनुपर्ने माग सरोकारवालाहरुले पटक–पटक राख्दै आएका छन्।

थापाले साहदत प्राप्त गरेको बुङ्कोटको काउलेभंगारलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नुपर्ने, त्यहाँसम्म पुग्ने मुख्य सडकलाई लखन थापा मार्ग नामाकारण गर्नुपर्ने माग स्थानीयले राख्दै आएका वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठले बताए। गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा संघिय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो।

कार्यक्रम सुरु हुनुअघि शहिद लखन गाउँपालिकाको सबैजसो वडाबाट सर्वसाधारण जातिय भेषभुसा झल्कने झाँकी, र्‍याली र बाजागाजा सहित कार्यक्रम स्थल पुगेका थिए। नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष कृष्ण आले, कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, सांसद हरिराज अधिकारी लगायतले धारणा राखेका थिए।

विसं १९३३ फागुन २ गते राणा शासनकालमा झुण्ड्याएर हत्या गरिएको थियो। लखन थापालाई नेपाल सरकारले २०७२ असोज ३ गते प्रथम सहिद घोषणा गरेको हो। स्मृती दिवसको अवसरमा पालिकास्तरमा बिभिन्न खेलकुद कार्यक्रमसमेत भएको गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -