- ADVERTISEMENT -

परम्परागत सीप प्रयोग गरि चितुवा पासोमा

November 25, 2019
696
Shares
- ADVERTISEMENT -

भानु (फुस्रेटार) तनहुँ, ९ मङ्सिर २०७६ । तनहुँको भानु नगरपालिका–२ फुस्रेटारका ७७ वर्षिय हरिभक्त ढकाललाई यतिबेला बधाई थाप्न भ्याई-नभ्याई छ ।

नरभक्षी चितुवाले वस्तीमा मान्छेलाई आक्रमण गर्ने आतङकित भईरहेको बेला ढकालले निमार्ण गरेको पासोमा आईतारबार फेरि चितुवा परेपछि उहाँको प्रशंसाको उचाई झन् चुलिएको हो ।
ढकालले निमार्ण गरेको परम्परागत पासोमा दुई वटा पोथी र एक वटा भाले गरी तीन वटा चितुवा परिसकेका छन् । ‘काम गर्नु त बुबा जस्तो पो जति प्रशंसा गरे पनि कमी हुन्छ भानु नगरपालिकाकी उपप्रमुख आशा थापाले भन्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

समाजिक सञ्जालमा चितुवाको खोर बनाई पासोमा पार्न सफल बृद्धाको प्रशंसा गर्नेको थुप्रै रहेका छन् । ढकालको सीपको प्रशंसा गर्दै तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डिते फेसबुकमा लेख्नु भएको छ’ खोर बनाउने बुबालाई पुनः बधाई छ उहाँले बनाएको पासोमा चितुवा परेको छ ।’

‘ढकालले निमार्ण गरेको पासोमा चितुवा परेपछि आईतबार दिनभर बधाई दिनेको भीड लागेको छ स्थानीय सञ्चारकर्मी नारेश्वरटार निवासी मनोज श्रेष्ठले भन्नुभयो, आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भने जस्तै पुराना कुरा र सीप अहिले काम लागेको छ ।’ ढकालले असोज १६ गते ३ नम्बर वडा स्थित देउराली सामुदायिक वन, कात्तिक २७ गते १ नम्बर वडा स्थित भिमसेन थुम्की सामुदायिक वन र मङ्सिर ८ गते आईतबार २ नम्बर वडा स्थित मजुवा ओख्ले सामुदायिक वनमा सामुदायिक वनको काठको प्रयोग गरी बनाईएको परम्परागत खोरमा बाख्रा राखि थापिएको पासोमा चितुवा परेको थियो ।

दुई जना सहयोगी भए १० दिनमा काठबाट चितुवाको खोर निमार्ण गर्न सकिने निमार्णकर्ता ढकाल बताउनुहुन्छ । भानु नगरपालिकाको जस्तै वैतडी र अर्घाखाँचीमा नरभक्षी चितुवाको आतङ्क पैmलिरहेको र त्यहाँ पनि ढकाललाई खोर बनाउन पठाउनु प¥यो भनेर माग आईरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो ।

बरालका अनुसार आईतबार पासोकोमा परेको वयस्क पोथी चितुवाको करीव ४०/४२ किलो तौलको रहेको र उत्त चितुवा बुटवल स्थित मणिमुकुन्द पार्कमा पठाईएको छ ।

वनमा वस्ने चितुवा आहारा खोज्न मानव वस्तीमै पुग्न थाले पछि आतङ्कीत बनेका भानु नगरवासीवासीहरु फेरि चितुवा पासोमा परेपछि राहत महशुस गरेको र खोर बनाउने बुबालाई सबैले प्रशंसा गरेको भानु नगरपालिकाका मेयर उदयराज गौलीले बताउनुभयो ।

चितुवालाई पासोमा पर्न सफल भएको भन्दै उहाँलाई हौंसला प्रदान गर्न भानु नगरपालिका र डिभिजन वन कार्यालयले सयुक्त रुपमा मङ्सीर १ गते १० हजार नगद, दोसल्ला , प्रमाणपत्र सहित सम्मान गरिएको मेयर गौलीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -