- ADVERTISEMENT -

ने बि संघका विद्यार्थी प्रहरी नियन्त्रणमा

November 10, 2019
667
Shares
- ADVERTISEMENT -

काठमाडौं, २४ कात्तिक २०७६ । नेपालका भुमि भारतले अतिक्रमण गरेको विरोधमा नेविसंघले आइतबार साँझ काठमाडौंंमा मसाल जुलुस लगाएको छ।

प्रदर्शनीमार्गमा नारावाजी गर्दै मसाल जुलुस लगाएका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

- ADVERTISEMENT -

Advertisement

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रहरीले नेविसंघका प्रेम शाही, सैलेन्द्र गौडेल, सुरज सेजुवाल, पन्कज सुवेदी, लक्ष्मी सिलवाल, अशोक विस्ट, अनुराग साह, बलराम ढकाल, सन्जिव ढकाल, शिखर खड्का, मनिष खड्का, सुरज नेपाल र मनोज बास्तोलालाई नियन्त्रणमा लिएको हो।

गिरफ्तार गरिएका विद्यार्थी छोड्न शर्माले आग्रह गरेका छन्। पक्राउ परेका नेविसंघका कार्यकर्तालाई नेपाल पुलिस क्लबमा राखिएको छ।

भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपालका कालापानी, लिपुलेकलगायत ठाउँ परेपछि विरोध भइराखेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -