- ADVERTISEMENT -

नेविसंघ जुट्यो अधिवेशनको तयारीमा ,यस्तो छ कार्यतालिका

December 2, 2018
967
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १६ मङ्सिर २०७५ । नेपाल विद्यार्थी संघले अधिवेशन गर्न सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । चार दिनभित्र सम्बन्धित जिल्ला पुगेर काम थाल्न प्रतिनिधिलाई निर्देशन समेत दिइएको छ ।

महाधिवेशनका लागि थप दुर्इ महिनाको समयाअवधि पाए लगत्तै नेविसंघ जिल्ला अधिवेशन गराउँन जुटेको हो । नेविसंघलार्इ यो अवधी भित्र जसरी भएपनि अधिवेशन गराउनु पर्ने वाध्यता रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

समयमा नपुग्ने र काम नथालेको पाइए उनीहरुको सट्टा अर्को प्रतिनिधि पठाउने नेविसंघले चेतावनी समेत दिएको छ । साथै अधिवेशन विथोल्न खोज्नेलाई कारबाही गर्ने र महाधिवेशनमा भाग लिन नपाउने समेत निर्णय गरिएको अध्यक्ष नैनसिंह महरले बताए ।

अधिवेशनको कार्यतालिका अनुसार माध्यमिक विद्यालय, उच्च माध्यामिक विद्यालय र सिटिइभिटीमा मंसिर २२ भित्र गरिसक्नु पर्नेछ ।

यस्तै गाउँपालिका र नगरपालिकाको अधिवेशन मंसिर २५ ,उपत्यकाका क्याम्पस र विश्वविद्यालयको अधिवेशनप पुस ८ र ७७ वटै जिल्लाको अधिवेशन पुस १४ भित्र गरिसक्नुपर्नेछ । पुस २० भित्र प्रदेशको अधिवेशन गरिसकेपछि नेविसंघले २८ देखि ३० पुससम्म १२औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -