- ADVERTISEMENT -

नेविसंघ जापान शाखाद्वारा सहयोग रकम नेता पौडेलद्वारा हस्तान्तरण

November 16, 2018
1337
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ३० कात्तिक २०७५ । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले सहयोग रकम हस्तान्तरण गरेका छन् । दुर्घटनामा परी घाइते भएका नेबिसंघ तनहुँ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बद्री पाण्डेलाई व्यास १२ कमलबारीस्थित उनकै निवासमा पुगेर ५० हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

नेबिसंघ जापानको अध्यक्ष टुकराज श्रेष्ठको विशेष सकृयतामा संकलन गरेको रकम नेबिसंघका नेता पाण्डेको उपचारका लागि पठाएपछि नेता पौडेलले घरमै पुगि रकम हस्तान्तरण गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नेता पौडेलले जापानबाट सहयोग गर्ने श्रेष्ठ लागायत जनसम्पर्क समितिले गरेको सहयोगको प्रसंसा गर्दै पाण्डेको उपचारको लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेबिसंघका सहमहामन्त्री लक्ष्मी भक्त खनाल, सदस्य मिलन आले लगायतका विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो । पाण्डेको टाउको र आँखामा समस्या देखिएकाले उपचारका लागि सहयोग रकम पठाइएको ने वि संध जापान शाखा जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -