- ADVERTISEMENT -

नेविसंघमा चरम विवादका कारण सुन्दरीजलमा हुने भनिएको प्रशिक्षण कार्यक्रम स्थगित

May 9, 2018
1964
Shares
- ADVERTISEMENT -

काठमाडौं, वैशाख २६ । नेपाली कांग्रेसमा देखिएको चरम विवाद नेपाल विद्यार्थी संघमा पनि सरेको छ । गुटगत विवादले थलिएको माउ पार्टीको रोग भ्रातृसंगठन नेविसंघमा लागेको हो । नेविसंघभित्रको यही आन्तरिक विवादकै कारण बुधबार आयोजना गरिएको कार्यक्रम हुनै सकेन । नेविसंघका दुई गुटले सुन्दरीजलस्थित वीपी कोइराला संग्रहालयभित्र अलग-अलग प्रशिक्षण कार्यक्रम गर्न लागेका थिए । त्यसका लागि करिब ५० मिटरको दुरीमा मञ्च निर्माण गरिएको थियो । संस्थापन पक्षले टिनको छानो मुनि र संस्थापन पक्षले खुला चौरमा मञ्च निर्माण गरेको थियो । बीपी कोइराला संग्रहालय सुन्दरीजलमा नेपाल विद्यार्थी संघको प्रशिक्षण कार्यक्रममा सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएपनि नेविसंघको संस्थापन र अर्को पक्षको विवादका कारण तय गरिएको कार्यक्रम त्यत्तिकै स्थगित गर्नुपर्‍यो ।

संस्थापन तर्फका महासचिव कुन्दनराज काफ्ले समूहले पनि सुन्दरीजलमा समानान्तर कार्यक्रम राखेपछि दुई गुटबीच विवाद बढ्दा कार्यक्रम नै रोक्नुपरेको हो ।

- ADVERTISEMENT -

Advertisement

संस्थापन पक्षका अध्यक्ष नैनसिंह महर र महासचिव काफ्लेले एकै स्थानमा छुट्टाछुट्टै मञ्च बनाएर कार्यक्रम गर्ने तय गरेपछि विवाद उत्कर्षमा पुगेको हो । कार्यक्रमस्थलमा झडप हुने सम्भावना बढेपछि सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो ।प्रशिक्षणका लागि विभिन्न जिल्लाबाट आएका विद्यार्थीको भीड बढे पनि नेता भने उपस्थित भएनन् ।

विवाद मिलाउन कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा दुवै समूहका विद्यार्थीलाई बोलाएर छलफल गरे पनि कार्यक्रम कहिले गर्ने तय हुन सकेको छैन । संस्थापन समूहले अध्यक्ष नैनसिंह महरले विधान मिचेर एकलौटी अघि बढेको आरोप लगाएको छ ।यता, बीपी संग्रहालयले भने संग्रहालयभित्र दुवै कार्यक्रम गर्न नदिने निर्णय गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -