- ADVERTISEMENT -

नेविसंघकाे १२औँ महाधिवेशन फेरी अन्यौलमा, पूर्वनिधारित तालिका पनि प्रभावित

December 23, 2018
741
Shares
- ADVERTISEMENT -

काठमाडौँ, पुस ८

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको महासमिति बैठकका कारण भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन प्रभावित बनेको छ ।

- ADVERTISEMENT -

Advertisement

नेविसङ्घले पुस २८ देखि ३० गतेसम्म १२औँ महाधिवेशन गर्ने गरी गाउँ, वडा, स्थानीय तह, क्षेत्र, जिल्ला र प्रदेशको निर्वाचन तोकेपनि महासमितिको बैठकका कारण अहिलेसम्म कुनै तहको निर्वाचन हुनसकेको छैन ।

लामो समयको विधान र नियमावली विवादसँगै पार्टीले विधानलाई पास गरेपछि नेविसङ्घका अध्यक्ष नैनसिंह महरले मङ्सिर १५ गते पत्रकार सम्मेलन गरी नेविसङ्घको १२औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुभएको थियो ।

कार्यतालिकाअनुसार मङ्सिर २२ गतेभित्र देशभरका सबै माध्यमिक तथा उच्चमध्यामिक विद्यालयमा अधिवेशन गर्नुपर्ने, मङ्सिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन गर्नुपर्ने, पुस ८ भित्र उपत्यकाभित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुस १४ भित्र सबै जिल्लाको अधिवेशन गर्नुपर्ने र पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने रहेको छ ।

अध्यक्ष महरले पार्टीका नेताहरू महासमिति बैठकमा जुटेका कारण गाउँ, वडा तथा जिल्ला अधिवेशन गर्न ढिलाइ भएको बताउनुभयो । “नेविसङ्घले २५ वर्षपछि पहिलो पटक गाउँगाउँको अधिवेशन गर्न लागेको छ, त्यसैले पनि केही ढिलाइ भएको हो,”उहाँले भन्नुभयो । नेविसङ्घले १२औँ महाधिवेशनका लागि आठ लाख ५० हजार सदस्यता वितरण गरिसकेको उहाँको भनाइ छ ।

नेविसङ्घका नेता दीपक भट्टराईले महासमितिको नाममा नेविसङ्घको महाधिवेशन नगर्ने खेल भइरहेको बताउनुभयो । “महाधिवेशन नगरी आफ्नो कार्यकाल लम्ब्याउन वर्तमान नेतृत्व लागेको छ,” उहाँले भन्नुभयो । महासमितिको मुखमा आएर निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुले पनि निर्वाचन नगर्ने खेल भएको उहाँको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -