- ADVERTISEMENT -

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन मिति सर्यो, उद्घाटन पनि रंगशालामा हुने

December 9, 2019
608
Shares
- ADVERTISEMENT -

काठमाडौं, २३ मङ्सिर २०७६ । सरकारले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन जनवरी १ मा नगर्ने भएको छ ।

अंग्रेजी नयाँ वर्ष २०२० को पहिलो दिन नगरेर जनवरी ७ तारेखमा उद्घाटनको तयारी गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

अंग्रेजी नयाँ वर्षको पहिलो दिन कार्यक्रमको प्रभावकारीता कम हुने भएकाले यस्तो निर्णय गर्नु परेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो ।

नेपाल भ्रमण वर्षको उद्घाटन पनि अब काठमाडौंको दशरथ रंगशालामा हुने भएको छ । यसअघि काठमाडौंको टुंडिखेलमा उद्घाटन कार्यक्रम तय गरिएको थियो ।

सरकारले भिजिट नेपाल २०२०को उद्घाटन समारोहका लागि ४० देशका पर्यटन र विदेशमन्त्री, विभिन्न देशका राजदूत, कुटनीतिक निकायका प्रमुखलगायतलाई अतिथिको रुपमा निमन्त्रणा गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -