- ADVERTISEMENT -

नेपाल भ्रमण वर्ष सफल बनाउन जापानमा सचिवालय गठन

December 7, 2019
568
Shares
- ADVERTISEMENT -

टोकियो, २१ मङ्सिर २०७६ । नेपाल भ्रमण वर्ष सफल बनाउन जापानमा सचिवालय गठन गरिएको छ । नेपाल सरकारको नीति अनुसार नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन जापानमा तयारी तीब्र पारिएको छ ।

भ्रमण वर्षको प्रवर्दनको लागी जापान स्थित नेपाली राजदूतावासको कार्यालयमा मंगलबार राजदूत प्रतिभा राणाको अध्यक्षतामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान, पत्रकार महासंघ, जापान स्थित बिभिन्न संघ संस्था प्रमुख र बुद्दीजिवीको उपस्थितिमा बैठक बसी आवश्यक तयारी तीब्र पारिएको हो ।

- ADVERTISEMENT -

Advertisement

नेपाल सरकारको भ्रमण वर्ष २०२० मुलआयोजक समिति र परराष्ट्र मन्त्रालयको निर्देशन बमोजिम जापानमा पनि दूतावास र गैरआवासीय नेपाली संघ बीच सहकार्य गर्दै उक्त अभियान सफलताका निम्ति बिभिन्न चरणमा छलफल र बैठक हुँदै आएका छन् । यसै सिलसिलामा राजदूतको संयोजकत्वमा मुलआयोजक समिति बन्ने निर्णय पहिलो बैठकमै भैसकेको छ भने दोश्रो बैठकले ७ सदस्यीय सचिवालयको पनि गठन गरेको छ जसअनुसार :-

संयोजक -कृष्ण चन्द्र अर्याल (उपनियोग प्रमुख, नेपाली राजदूतावास जापान ),सदस्य -सचिव जनक बिक्रम शाही ( महासचिव, एनआरएनए जापान),सदस्य- देविलाल भण्डारी (अध्यक्ष, एनआरएनए जापान),सदस्य -अनिता गुरुङ (बरिष्ठ उपाध्यक्ष एनआरएनए जापान),सदस्य -मोहन घले (सल्लहाकार एनआरएनए जापान तथा अध्यक्ष पत्रकार महासंघ जापान),सदस्य -बिकाश श्रेष्ठ (सल्लहाकार एनआरएनए जापान तथा अध्यक्ष कास्की पोखरा समाज),सदस्य -दिपक कंडेल (युवा संयोजक एनआरएनए यसिया प्यासिफिक ) चयन गरेको छ ।

बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । जसअनुसार भ्रमणवर्ष भरीनै विभिन्न योजना बनाइ भ्रमण वर्ष प्रवर्दन गर्ने निणर्य अनुसार जनवरी ७ मा जापानमा पनी यसको उद्दघाटन राजदूत निवासको सभाहलमा गर्ने जसको लागी सक्दो जापानीज पाहुनाहरुलाई निम्तो गर्ने, जापानमा आफ्नो व्यक्तिगत सवारी साधान हुनेहरुले भ्रमण वर्षको स्टिकर आफ्नो साधनमा टासेर प्रचार प्रसारमा सहयोग गर्ने निर्णय समेत गरिएको छ । जसको लागी उक्त बैठकमा उपस्थित हुनुहुने महानुभाव हरुले स्टिकर लिएर जानु भएको थियो ।

त्यस्तै, सम्भव भएसम्म नेपाली रेस्टुरेन्ट व्यवसायी हरुले आफ्नो रेस्टुरेन्टमा हप्तामा एक दुई दिन सबै स्टाफलाई भ्रमण वर्ष छापीएको टिशर्ट लगाउन लगाउने र नेपालको पर्यटन सम्बन्धी जानकारी मुलक भिजियुल सामाग्रीहरु रेस्टुरेन्टको टिभी बाट प्रसारण गर्ने, जापानमा हुने हरेक संघ संस्थाका कार्यक्रममा भ्रमण वर्षको लोगो लगायत भ्रमण वर्ष सम्बन्धि छोटो प्रचार प्रसार गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

बैठकले भ्रमण वर्ष उद्घाटनको दिनको लागी नेपाली सांस्कृतिक कार्यक्रम, नेपाली परिकार हरुको व्यवस्था गर्ने निर्णय गरेको छ र मूलआयोजक समितिमा क्रमस अन्य संघ संस्था प्रमुख, बुद्दिजिवि, बिद्यार्थी, ब्यावसायी हरुलाई पनी जोडदै लिने निर्णय गरिएको एनआरएनए जापानका महासचिव जनकविक्रम साहीले जानकारी गराउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -