- ADVERTISEMENT -

नेपालमा अब ३ वटा दरका भारतीय नोट नचल्ने

December 13, 2018
1209
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २७ मङ्सिर २०७५ । नेपालमा भारतीय रुपैयाँको चलनचल्ती हुँदै आएको छ । खुला सिमाना भएको कारण पनि भारतीय नोट नेपालमा चल्दै आएको थियो । तर अब भने नेपालमा तीनवटा दरका भारतीय नोट नचल्ने भएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बासकोटाले यसबारेमा जानकारी दिएका हुन् । अब नेपालमा दुई सय, पाँच सय र दुई हजार दरका भारतीय नोट नचल्ने भएका हुन् । यही सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई सय, पाँच सय र दुई हजार दर भारतीय नोट प्रयोगमा रोक लगाउने निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -