- ADVERTISEMENT -

नेकपा स्थायी कमिटी : अध्यक्षको प्रतिवेदन पारित, एकताको गृहकार्य गर्न आठ सदस्यीय कार्यदल

December 28, 2018
1577
Shares
- ADVERTISEMENT -

काठमाडौं, १३ पौष २०७५, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्षद्धयको प्रतिवेदन पारित गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन आज विहान बसेको बैठकले पारित गरेको हो ।

अध्यक्षले पेश गरेको राजनीतिक प्रस्ताव स्थायी कमिटी सदस्यहरुको सल्लाह सुझावलाई समेट्दै पारित भएको बैठकपछि नेकपाका नेता झलनाथ खनालले जानकारी दिनुभयो । शुक्रबार विहान ८ बजेदेखि बसेको बैठकमा राजनीतिक प्रतिवेदनमाथि थप छलफल भएको थियो । प्रतिवेदन सचिवालय बैठकमा पेश हुने बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

यसैविच, अध्यक्ष ओलीको प्रस्ताव अनुसार नै संगठनात्मक एकताबारे गृहकार्य गर्न कार्यदल बनेको छ । कार्यदलमा महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र लेखराज भट्ट रहनु भएको छ । कार्यदलको प्रस्तावका आधारमा यो महिनाभित्रै अर्को स्थायी कमिटी बसेर संगठनात्मक काम सकाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले सांगठनिक एकतापछि गर्ने कार्यक्रममा केही हेरफेर गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -