- ADVERTISEMENT -

नेकपा सचिवालय बैठक, ओली र नेपालबीच चर्काचर्की

August 23, 2019
732
Shares
- ADVERTISEMENT -

काठमाडौं, ६ भाद्र २०७६ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच चर्काचर्की भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बैठक सुरु हुनासाथ अध्यक्ष ओलीले अन्य एजेन्डामा प्रवेश गर्न नभ्याउने भन्दै आफू उपचारका लागि सिंगापुर जान लागेको जानकारी गराउँदै केही कुरा बोल्दै गर्दा नेपालले प्रतिवाद गरेका थिए ।

नेपाल बोलिरहँदा अध्यक्ष ओलीले पनि नेपालको भनाइको प्रतिवाद गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

आफू सिंगापुरमा स्वास्थ्य उपचारका लागि गए पनि पार्टीको बैठक गर्न र सहमतिकै आधारमा पार्टीको निर्णय गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाललाई अख्तियारी दिएको ओलीले बैठकमा बताएका थिए । बैठकमा स्वास्थ्य लाभको शुभकामना दिनसमेत उनले आग्रह गरेका थिए ।

‘आजको बैठकमा अन्य एजेन्डामा प्रवेश गर्न भ्याउँदैन्, बैठकले स्वास्थ्य लाभको कामना गरोस्, म तपाईंहरूको शुभकामना लिएर उपचार गराउन जान्छु,’ ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यसबीचमा म नभए पनि बैठक राखेर सहमतिका आधारमा निर्णय तपाईंहरू गर्नुस्, आवश्यक परे मसँग फोनमा कुरा पनि गर्न सकिन्छ ।’

- ADVERTISEMENT -

Advertisement

बैठकमा प्रधानमन्त्री ओलीको भनाइ नसकिँदै वरिष्ठ नेता नेपालले प्रतिवाद गरे । ‘हँुदैन, अब सर्वसहमतिले कुनै हालतमा हुँदैन, आफूले असहमति राख्दाराख्दै विगतमा थुप्रै निर्णय भए, अब सर्वसहमतिमा कसरी गर्ने ?’ नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘केन्द्रीय सदस्य तथा सांसद राजेन्द्र गौतमजीले मेराविरुद्ध सामाजिक सञ्जालमा लेखेका छन्, कारबाही हुनुप¥यो ।’

ओली र नेपालबीच चर्काचर्की भएपछि अर्का अध्यक्ष दाहालले माहोल शान्त गर्न खोजेका थिए । उनले ओलीको स्वास्थ्य लाभको कामना गर्दै पार्टी बैठक बस्ने र सहमतिकै आधारमा महत्वपूर्ण निर्णय हुने बताए । आवश्यक परेको समयमा फोनमा कुरा गरेर सबैको सहमतिमै पार्टी सञ्चालन गरिने बताएको एक नेताले बताए ।

अध्यक्ष दाहालले बोलेपछि महासचिव विष्णु पौडेलले आजको बैठकमा स्वास्थ्य लाभको कामना गर्दै बैठक सम्पन्न गर्न खोजेका थिए । अध्यक्षद्वयको अनुमतिमै उनले बाँकी विषयमा छलफल गर्दै अघि बढने बताए ।

त्यसअघि ओलीले नेपाललाई तपार्इंको फरक प्रस्ताव पार्टीमा आउनुभन्दा अघि नै एक साप्ताहिक पत्रिकामा आएको भन्दै गौतमले लेख्न किन नहुने भन्दै प्रश्न गरे । ओलीले यस्तो भनेपछि नेपाल झन् आक्रोशित भए । ओली र नेपालबीच आक्रोशपूर्ण वातावरण बनेपछि दाहालले शान्त बनाएका थिए । राजधानीबाट

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर प्रस्थान गरेका छन् । स्वास्थ्य परीक्षणका क्रममा उनी बढीमा १५ दिनसम्म सिंगापुर बस्ने भएका छन् ।

बिहीबार दिउँसो साढे १ बजे थाई एयरबाट धर्मपत्नी राधिका शाक्यसहित सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मीका साथ सिंगापुरका लागि प्रस्थान गरेका हुन् ।

अघिल्लो पटक १८ साउनदेखि २७ गतेसम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा। दिव्या सिंहले एक विज्ञप्ति जारी गर्दै अघिल्लोपटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मिर्गाैलासम्बन्धी ‘एन्टिबडी’को मात्रा केही बढी देखिएको जनाएकी छन् ।

‘एन्टिबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उहाँ फेरि त्यसतर्फ जान लाग्नुभएको हो,’ डा। सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सिंगापुरमा रहँदा नेसनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरूको टोलीले उनको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचारसमेत गर्नेछन् ।

सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा उल्लेखनीय जानकारी भए सञ्चारमाध्यमलाई जानकारी गराउने डा। सिंहले जनाएकी छन् । ‘प्रधानमन्त्रीको स्वास्थ्य सम्बन्धमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भए हामी मिडियामार्फत आमनेपाली दिदीबहिनी तथा दाजुभाइलाई अवगत गराउने नै छौं’ डा। सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -