- ADVERTISEMENT -

नेकपाको चियापानमा ५० हजारलाई निम्तो

October 25, 2018
1073
Shares
- ADVERTISEMENT -

नेपाल कम्युनिस्ट पार्टीको (नेकपा)को आगामी शनिबार हुन गइरहेको चियापान कार्यक्रमको तयारी पूरा भएको छ ।

पार्टी एकतापछि पहिलोपटक विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठ पर्वका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा हुने भएको छ । यसअघि पार्टी एकता हुनुभन्दा अघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले छुट्टाछुट्टै चियापान कार्यक्रम गर्ने गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

गत वर्ष संघ र प्रदेशको निर्वाचनको कारणले चियापानको आयोजना गरिएको थिएन । चियापानको तयारीबारे आज नेकपाका महासचिव तथा चियापान समारोह समितिका संयोजक विष्णु पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराईले भृकुटीमण्डपस्थित चियापान स्थलको निरीक्षण गरे ।

चियापानका लागि नेकपाले करिब ५० हजारलाई निम्ता गरिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार चियापानमा करिब ३५ हजार सहभागी हुनेछन् । चियापान कार्यक्रम दिउँसो १२ बजेदेखि ५ बजेसम्म हुनेछ ।

केन्द्रीय सदस्य श्रेष्ठले दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका कार्यकर्ता र सर्वसाधारण र दिउँसो ३ बजेदेखि ५ बजेसम्म विशिष्ट अतिथिका लागि समय छुट्याइएको बताए । दिउँसो ३ बजेदेखि नेपालस्थित विदेशी कूटनीतिज्ञ, राजनीतिक दलका नेता, संवैधानिक अंगका पदाधिकारी सहभागी हुनेछन् ।

चियापान कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि तीन सय स्वयंसेवक परिचालन गरिनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -