- ADVERTISEMENT -

नेकपाको केन्द्रीय सचिवालय बैठक आज पुन: बस्दै

December 1, 2020
603
Shares
- ADVERTISEMENT -

काठमाण्डौ, सोमबार, १६ मंसिर २०७७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज मंगलबार १ बजे नेकपा मुख्यालय धुम्बाराहीमा बस्दैछ ।

यसअघि अध्यक्ष पुष्पकमल दाहालले २८ कात्तिकको बैठकमा र अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले १३ मंसीरमा बसेको सचिवालय बैठकमा अलग अलग राजनीतिक प्रतिवदन पेश गर्दै एक अर्काेमा कडा आरोप लगाएका थिए ।

- ADVERTISEMENT -

Advertisement

आजको वैठकमा दुवै प्रतिवेदनहरुमाथि छलफल हुनेछ । यसपटकको वैठक केही दिन लम्बिन सक्ने नेताहरुले बताएका छन् ।

आज वैठक बस्नु अगाडि नै वैठकबाट आ–आफ्नो पक्षमा निर्णय गराउन दुवै समूहका नेताहरुले प्रयास गरिरहेका छन् । अध्यक्ष दाहालले आफ्नो समूहमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका छन् । यस्तै, आफूनिकट स्थायी कमिटी सदस्य जनार्दन शर्मा, वर्षमान पुन र मात्रिका यादवलगायतका नेताहरुसँग पनि छलफल गरेका छन्।

सचिवलायपछि यी प्रतिवेदन स्थायी र केन्द्रीय कमिटी बैठकमा लैजाने नेताहरुको तयारी छ । नेकपाले यसअघि नै १८ मंसीरमा स्थायी कमिटी र २५ मंसीरमा केन्द्रीय कमिटी बैठक तय गरिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -