- ADVERTISEMENT -

नेकपाका नेताहरुले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा धर्ना

January 27, 2021
560
Shares

काठमाडौं,१४ माघ २०७७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा धर्ना दिएका छन् ।

नेकपा प्रचण्ड-माधव पक्षका विघटित प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले संसद विघटनको विरोधमा बुधबार माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

धर्नामा सहभागीहरुले ‘संसद् विघटन गर्न पाइँदैन, निरंकुशतन्त्र चाहिँदैन’ भन्ने प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -