- ADVERTISEMENT -

निर्मला पन्त बलात्कारपछिको हत्या घट्नालाई ओलीले ढाकछोप गरे : देउवा

September 14, 2018
1592
Shares
- ADVERTISEMENT -

काठमाडौं, २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्मला पन्तका वास्तविक बलात्कारलाई लुकाएर घट्नाको ढाकछोप गरिरहेको गम्भिर आरोप लगाएका छन् ।

शुक्रबार नेपाली काठमाडौं–मोरङ सम्पर्क समितिले आयोजना गरेको वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसको भूमिका र आगामी चूनौतिहरु विषय गोष्ठीमा बोल्दै सभापति देउवाले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘नाबालिका पन्त बहिनीमाथि बलात्कारजस्तो जघन्य अपराध हुँदापनि वर्तमान सरकार संवेदनहीन देखियो । यो सरकारले घट्नाको ढाकछोप गरेको छ ।’

- ADVERTISEMENT -

Advertisement

देउवाले बलात्कारमा संलग्न दोषीलाई कडाभन्दा कडा कानूनी कारबाही गर्नुपर्ने मागसमेत गरे । ‘बलात्कारी त बलात्कारी नै हो । यत्रो ठूलो अपराध गर्दा पनि सरकार किन बोल्दैन ? पार्टीभित्रका ठूला मान्छे नै हुन वा बाहिरका ठूला मान्छे किन नहोउन् ?’उनले थपे,‘बलात्कारीलाई तत्काल गिरफ्तार गरि कारबाही गर्नुपर्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -