- ADVERTISEMENT -

नयाँ नोट असोज १२ बाट वितरण गर्ने राष्ट्र बैंकको निर्णय

September 23, 2018
1901
Shares
- ADVERTISEMENT -

काठमाण्डौँ, असोज ७ । दशैँका लागि नयाँ नोट नेपाल राष्ट्र बैंकले आगामी १२ गतेदेखि बैंकहरुलाई वितरण गर्ने भएको छ । नयाँ नोट वितरणको काम विगतको भन्दा सहज बनाउन आगामी १२ गते देखिनै बैंकहरुलाई वितरण गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

सर्वसाधारणलाई भने कहिलेदेखि नयाँ नोट वितरण गर्ने भन्ने विषयमा निर्णय भइनसकेको राष्ट्रबैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आउदो दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ। सर्वसाधारणलार्य नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलकै क्रममा छ ।

गत साल पनि दसैंमा राष्ट्र बैंकले ४० अर्ब नयाँ नोट बजारमा पठाएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -