टोकियो,१७ पौष २०७५ । अध्यान भर्मणको शिलशिलामा जापान रहनु भएका बागलुङ गल्कोट नगरपालिका नगर प्रमुख भरत शर्मा गैरेले जनवरी दुई तारिक गल्कोट समाज जापानद्वारा आयोजित बृहद सागितिक कार्यक्रमलाई प्रमुख अतिथीको रूपमा उद्घाटन गर्नुका साथै कार्यक्रममा उपस्थित सबैलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
अन्य जिल्लाको तुलनामा बागलुङ जिल्लाबाट बिशेष गल्कोट क्षेत्रबाट जापानमा आएर कर्म थलो बनाइ बिभिन्न क्षेत्रमा काम गर्ने हरूको संख्या ठुलो रहेको छ ।
- ADVERTISEMENT -
गल्कोट नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछी पहिलो पटक जापान भ्रमण रहनु भएका शर्माको यस भ्रमणलाई विशेष रूपमा लिईएको छ भने जापानमा रहेको गल्कोटबासीहरू पनि निकै उत्साहित भएका छ्न ।
- ADVERTISEMENT -
उक्त कार्यक्रम नगर प्रमुख शर्मा सहित तारा गाउँपालिकाका प्रमुख प्रकाश घर्ति लगायतका अन्य जनप्रतिनिहरूको पनि उपस्थित रहने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा लोकप्रिय कलाकार प्रमोद खरेल, बिष्णु खत्री, जितु नेपाल मुन्द्रे र जुना श्रीसको विशेष साङगीतिक प्रस्तुति रहने छ । कार्यक्रम युराक्च्यो मिरिन हल टोकिमा दिनको तिन बजे देखी संचालन हुनेछ ।