- ADVERTISEMENT -

धार्चे गाउँपालिका वडा न ३ मा भेटियो नि साराङ च्छाे

August 31, 2020
716
Shares
- ADVERTISEMENT -

गोरखा, सोमबार, १४ भाद्र २०७७ । प्राकृतिक सन्दर्यले भरिपुर्ण गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको धार्चे गाउँपालिका आदिवासी जनजातिहरुको थाकथलो हो ।

प्रकृति पुजन वोन धर्मालम्वीहरुको बाहुल्यता रहेको यस गाउँपालिकाको नामाकरण स्थानीय भाषाको धर्ज र गाङ शब्द मिलेर बनेको छ ।
धर्ज भन्नाले ध्वजा, गाङ भन्नाले डाँडा हो । धर्ज र गाङ अर्थात ध्वजा गाड्ने डाँडासंग यहाँको प्रकृति पुजन पराम्परा र जन विश्वास जोडिएको छ ।

- ADVERTISEMENT -

Advertisement

आफ्नो कार्य सिद्धिको कामना वा गाउँबाट बाहिर जानुपर्दा प्रस्थान गर्ने बेलामा यात्रा सफलता वा रक्षाको लागि खोलानाला डाँडाहरुमा पुजा गर्दै ध्वजा गाड्ने प्रचलनले आदिबासी जनजातीहरु प्रकृतिको पुजारी हो भन्ने प्रमाणित गराउँछ ।

त्यसैले, प्रकृति र सँस्कृतिको खुल्ला संग्रहालय धार्चे भन्ने पर्यटन ब्राण्ड तयार गरि “पर्यटकका लागि म, मेरा लागि पर्यटन” सम्भावना र समृद्धिको नयाँ गाउँपालिका धार्चे स्थापना भएको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड-१९ ) का कारण उत्पन्न जटिल परिस्थिति सृजना भएको बेलामा गोरखाको धार्चेमा निसाराङ (च्छाे नेस्याङ छो ताल) भेटिएको छ ।

धार्चे गाउँपालिका वडा न ३ मा रहेको, समुद्र सतहबाट करिव ४७०० मिटरको उचाइमा अवस्थित रहेको चुमनुव्री गाउँपालिका र धार्चे गाउँपालिकाको सिमानामा अवस्थित रहेको निसाराङ च्छाे (ने स्याङ छो ताल) रहेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । उक्त तालको नाम गुरुङ भाषामा रहेको उहाँले जानकारी दिनुभयो ।

भुकम्पभन्दा पहिला जनै पुर्णिमामा ठुलो मेला लाग्ने गर्दथ्यो । बि स २०७२ सालको भुकम्पपछि त् झन् मानिसहरु आवत जावत कम थाल्यो र यो ठाउँ भेडी गोठको संगम स्थल भएको ठाउँ पनि भएको उहाँले बताउनु भयो । साथै, १० वटा तालको संगम ने स्याङ छो ताल बनेको उहाँले बताउनु भयो ।

निसाराङ च्छाे (ने स्याङ छो ताल) ऐतिहासिक, धार्मिक, सास्कृतिक, पर्यटकीय रुपमा महत्वपुर्ण ठाउँ हो । यस ठाउँमा आउने उपयुक्त महिना असोज हो र अरु महिनामा हिउँको कारण आउन असम्भव रहेको अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनु भयो । पर्यटकका लागि बस्ने व्यवस्था, बाटोको सुबिधा, ठाउँ ठाउँमा डस्बिन, पानीको व्यवस्था सहित यस ठाउँ लाई पर्यटकीय स्थलको रुपमा बिकाश गरी आन्तरिक र बाह्य पर्यटकीय रुपमा बिकाश गर्ने लक्ष्य राखिएको अध्यक्ष सन्तोष गुरुङले बताउनु भयो ।

प्रचार प्रसारको आभावमा रहेको निसाराङ च्छाे (ने स्याङ छो ताल) लाई संरक्षण गरी छिटो भन्दा छिटो पर्यटन मन्त्रालय छलफलमा जुट्ने अध्यक्ष सन्तोष गुरुङले प्रतिबद्दता ब्यक्त गर्नु भयो । प्रचार प्रसार गर्न सकेको खण्डमा आगामी दिनमा उक्ता ठाउँ पर्यटकीय क्षेत्रको रुपमा बिकाश गर्न मदत पुग्ने अध्यक्ष सन्तोष गुरुङले दाबी गर्नुभयो ।

तस्बिर : सन्तोष गुरुङ

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -