- ADVERTISEMENT -

दोस्रो आरुघाट महोत्सब सुरु

January 12, 2019
933
Shares
- ADVERTISEMENT -

आरुघाट गोरखा, २८ पौष २०७५ । पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले विकास र समृद्धिको यात्रा सफल पार्न १० वर्ष मेहनत गर्नुपर्ने बताएका छन् । दोस्रो आरुघाट महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विकास र समृद्धिको लक्ष्य भेटाउन सबै मिलेर अघि बढ्नुपर्ने बताए । प्रतिपक्ष दल कांग्रेसतर्फ लक्षित गर्दै सरकारको कामकारबाहीबारे ‘टेन्सन’ नलिन आग्रह गर्नु भयो ।

‘हामीले राम्रो गरे अर्कोपल्ट पनि सरकारको नेतृत्व हामी गर्छौ, राम्रो गर्न नसके कांग्रेस आउने हो, अरु कुनै दल आउनेवाला छैन,’ दाहालले भन्नुभयो,‘टेन्सन नलिए हुन्छ, मिलेर देशलाई समृद्धितर्फ लैजाने हो ।’ नेपालको विकासको नयाँ युगतर्फ अघि बढेको उनको भनाइ छ । शान्ति प्रक्रियाजस्तै विकास र समिद्धिका लागि राष्ट्रिय सहमति निर्माण गरेर अभियान चलाउनुपर्ने दाहालको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

चालु आर्थिक वर्ष आरुघाटलगायत क्षेत्रको मुआब्जा निर्धारणको काम सक्न सरकार प्रतिवद्ध रहेको उहाले बताउनु भयो । ‘बूढीगण्डकी बन्दैन भनेर कसैले पनि आशंका लिनु पर्दैन, के हुन्छ भन्ने लागेको छ भने दिमागबाट हटाउनुस्,’ आरुघाट क्षेत्रको मुअब्जा समुचित रुपले निर्धारण गर्न आफू साथै रहने बताउनु भयो । ‘आयोजना बन्न अझै ७–८ वर्ष लाग्छ भनेपछि डुबानमा पर्ने मध्यपहाडीको सडक स्तरोन्नती रोक्नु गलत भएको छ, यस विषयमा छलफल हुन्छ,’ भन्नुभयो ।

राजनीतिक जीवन सुरु गर्नुपूर्व आरुघाटमा बिताएको दिनको संझना गर्दै दाहाल भावुकसमेत बने । ‘आरुघाट आउने भनेपछि घरबाट माइत जान लाग्या जस्तो हुन्छ, कुनै कार्यक्रममा सहभागी हुने मौका पाउँदा धेरै काम पन्छाएर यहाँ आउँछु,’ ४२ वर्षअघि दाहालले आरुघाटकै एक विद्यालयमा अध्यापन गराउथे । ‘जीवनकै नयाँ संकल्प लिने उर्वर र उर्जाीशल सयम आरुघाटमा बिताएको छु, यस क्षेत्रको समस्या सँग गहिरो भावनात्मक सम्वन्ध छ,’ भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -