- ADVERTISEMENT -

देशभर २४ घण्टामा थपिए ४ सय ६४ संक्रमित, ४ सय २५ डिस्चार्ज

August 7, 2020
639
Shares
- ADVERTISEMENT -

काठमाडौं, शुक्रबार, २३ साउन २०७७ । पछिल्लो २४ घण्टामा देशभर थप ४६४ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ९२६ पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

हालसम्म ४ लाख २७ हजार ९ सय २६ को पिसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा ४ सय ६४ जनामा संक्रमण देखिएसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

आज देशभर कोरोना संक्रमितको सक्रिय संख्या ६ हजार ३ सय ३० रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ सय २५ जना डिस्चार्ज हुनुभएको छ । त्यस्तै हालसम्म नेपालमा कोरोना संक्रमणबाट १५ हजार ८ सय १४ जना मुक्त भई घर फर्किनुभएको छ । देशका विभिन्न क्वारेन्टाइनमा १० हजार २०७ जना रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -