- ADVERTISEMENT -

के -के छन् त देउवा सरकारले गरेका उदाहरणीय कामहरु

February 15, 2018
1831
Shares
- ADVERTISEMENT -

काठमाण्डौ : २०७४ जेठ २३ गते मुलुकको ४० औं प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले आफ्नो कार्यकाल सफल भएको दाबी गर्दै विहिबार राजिनामा दिएका छन्न् । प्रधानमन्त्रीपदबाट राजीनामा दिदै देउवाले आफनो ९ महिने कार्यअवधिमा मुलुकलाई समृद्धिको मार्गमा लैजान बलियो अधारशिला खडा गरेको दाबी गरेका हुन् ।
प्रधानमन्त्री पदबाट राजीनामा दिँदै शेरबहादुर देउवाले आफनो कार्यकालमा चुनाव सम्पन्न गर्दै आर्थिक विकासको ढोकासमेत खोल्न सफल भएको दाबी गरे । देउवाले आफनो कार्यअवधिमा बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना स्वदेशी लगानीमै बनाउने, काठमाडौं–तराई–मधेस द्रुत मार्गको निर्माण कार्य नेपाली सेनाले बनाउने, काठमाण्डौं उपत्यकामा मेलम्ची आयोजनाको काम अन्तिम चरणमा पुगेको बताएका हुन् ।
त्यस्तै, सरकारले विशेष महत्वका साथ अनुगमन गरेको अरुण तेश्रो र माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, भेरी बबई डाइभर्सन, हुलाकी मार्ग र पोखरा क्षेत्रीय विमानस्थल लगायतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति राम्रो रहेको पनि देउवाले उल्लेख गरेका छन् । देउवाले कार्यकालमा अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज आयोजनामा ठुलो अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।
त्यसैगरी, गरिवी निवारणका लागि गरिवी निवारण कोषलाई प्रभावकारी बनाइएको बताएका छन् । साथै, उनले छिमेकी मुलुक भारत, चीन र अन्य मित्रराष्ट्रहरुसँग पञ्चशीलको सिद्धान्तमा आधारित रही सम्वन्ध सुदृढ गर्ने र सहयोगको क्षेत्र विस्तारको सवालमा आफ्नो नेतृत्व सफल भएको दाबी गरेका छन् । अति कम विकसित मुलुकहरुको दर्जाबाट स्तरोन्नती हुने राष्ट्रसंघीय प्रकृयामा गम्भीर तयारीका साथ नेपाल सहभागी भएको उल्लखे गर्दे देउवाले सन् २०३० भित्र दिगो विकासका लक्ष प्राप्तिका लागि रणनीतिक रोडम्याप तयार गरिएको बताए । भूकम्प र नाकावन्दीको प्रत्यक्ष मारमा परेको अर्थतन्त्रमा सुधार हुदै गएको देउवाको विश्वास छ ।
उनले आफ्नो कार्यकालमा आर्थिक बृद्धिदरले स्थीर गति लिएको, मुद्रास्फिति वाञ्छित सीमा भित्र रहेको, राजस्व संकलन लक्ष्य अनुसार नै रहेको, स्वदेशी तथा विदेशी लगानीमा उत्साहजनक रुपमा बृद्धि भएको बताएका छन् । व्यापार असन्तुलनलाई कम गर्न उत्पादन र रोजगारी बृद्धि गरी आर्थिक सुधारहरुको प्याकेजमा गृहकार्यको थालनी भएको, स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएका विकृतिहरु नियन्त्रण गर्न चिकित्सा शिक्षा आयोगको अध्यादेश जारी गरिएको, लोक कल्याणकारी राज्यको मर्म अनुरुप जीवन चक्रका जोखिमपूर्ण चरणहरुमा राज्यले आफ्ना नागरिकलाई बलियो सुरक्षा कवच प्रदान गर्न ठोस पहल गरेको, साथै ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप जीविकोपार्जनमा सहयोग पु¥याउन राज्यले ६५ वर्ष नाघेका नागरिकलाई भत्ता दिने निर्णय गरेको, अनिवार्य स्वास्थ्य वीमा ऐनको कार्यान्वयन संगसंगै क्यान्सर, मृगौला र स्पाईनल इन्जरी लगायत जटिल प्रकृतिका दीर्घ रोगीहरुलाई आजीवन मासिक पाँच हजार जीवन निर्वाह भत्ता दिने निर्णय गरेको उल्लेख गरेका छन् ।
चुनौतिका बावजूद भूकम्प पछिको पुनर्निर्माण अभियानले गति लिएको देउवाको दाबी छ । देउवाले आफनो कार्यकालमा केही महत्वपूण काम भएको बताएपनि चौर्तर्फि आलोचनाबाट मुक्त हुन सकेनन् । बृद्धभक्ता दिने उमेर ७० बाट घटाएर ६५ बर्षमा ल्याइएको, क्यान्सर, मृगौला र स्पाईनल इन्जरी लगायत जटिल प्रकृतिका दीर्घ रोगीहरुलाई मासिक ५ हजार उपलब्ध गराउने साथै भुकम्प पीडिलताई १ लाख थप गरेको विषयलाई पैसा बाँडेको भन्दै आलोचना गरिएको छ ।
आर्थिक सहयोग बाँढ्ने नाममा राज्यकोषको दुरुपयोग गरेका देउवाले आलोचनाको भारी बोक्दै सत्ताबाट बाहिरिएका हुन् । अर्कोतिर संविधान कार्यान्वयनको लागि तीनवटा तहको चुनाव गराउन सफल देउवाको कार्यकाल मिश्रित रह्यो भन्न सकिन्छ ।रिपोटर्स नेपाल बाट ,

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -