- ADVERTISEMENT -

देउवा द्वारा कांग्रेस संसदमा कडारुपमा प्रस्तुत् निर्देशन ,गच्छदार दलको उपनेतामा मनोनीत

March 5, 2018
1653
Shares
- ADVERTISEMENT -

काठमाडौं, फागुन २१ :नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।                     संसदीय दलको नेता चयनका लागि सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा भएको मतदानमा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै देउवा संसदीय दलको नेतामा निर्वाचित भएका हुन् ।
देउवाले ४४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी प्रकाशमान सिंहले १९ मत पाए ।
प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी कांग्रेस संसदीय दलमा कुल ६३ जना सांसद छन् ।
गच्छदार दलको उपनेतामा मनोनीत
संसदीय दलको नेता चयनपछि सोमबारै बसेको कांग्रेस संसदीय दलको बैठकले विजयकुमार गच्छदारलाई दलको उपनेतामा मनोनीत गरेको छ ।
बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै दलका नेता देउवाले सरकार गठन प्रक्रिया अवधि मै गलत काममा लागेकाले कांग्रेसले संसदमा त्यसको प्रतिरोध गर्ने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -