- ADVERTISEMENT -

देउवाले बोलाए केन्द्रीय समिति बैठक, महासमितिबारे निर्णय लिने

August 23, 2018
1569
Shares
- ADVERTISEMENT -

काठमाडौ, ७ भदौ, २०७५ । महासमिति बैठकबारे अन्यौल बढेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन् । बैठक भोली शुक्रबार बोलाइएको छ । यो केन्द्रीय समिति बैठकले महासमितिबारे निर्णय लिने बताइएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरबाट स्वदेश फर्किए लगतै केन्द्रीय समिति बैठक बोलाइएको हो । सभापति देउवाले महासमिति बैठकका लागि आन्तरिक छलफल समेत थाल्नुभएको छ । विधान मस्यौदा समिति गठन हुन नसक्दा महासमिति बैठक समेत अन्यौल बनेको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार बस्ने बैठकले महासमितिको बाटो खोल्ने जानकारी दिनुभयो । यो बैठकले मस्यौदा समितिलाई समेत पूर्णता दिने बताइएको छ । यता, सभापति देउवाले भदौ मसान्त वा असोजको दोस्रो सातासम्ममा महासमिति बैठक गर्नेबारे छलफल थाल्नुभएको उहाँ निकट एक नेताले जानकारी दिएका छन् ।

महासमिति बैठक अन्यौल भएको भन्दै रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले सभापति देउवाको आलोचना गर्दै आएका छन् । कोइराला खेमाको समेत असन्तुष्टि बढ्दै गएपछि सभापति देउवा महासमिति बैठक बोलाउन सक्रिय बन्नु भएको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -