- ADVERTISEMENT -

दसैँ भत्ता फिर्ता गर्ने गण्डकी सरकारको निर्णय

October 21, 2020
691
Shares
- ADVERTISEMENT -

पोखरा, बुधबार, ५ कात्तिक २०७७ । सांसद र पीएको खातामा ४१ लाख रुपैयाँ दसैँभत्ता जम्मा भइसकेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १५ जना र राष्ट्रिय जनमोर्चाका तीनजना सांसदले दसैँभत्ता फिर्ता गरे । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षी जनता समाजवादीले चाहिँ औपचारिक निर्णय गरेका छैनन् ।

सांसदको खातामा भत्ता गएको समाचार प्रकाशन भएपछि नैतिक दबाबमा केहीले भत्ता फिर्ता गरे । यता मुख्यमन्त्रीसहितका सात मन्त्रीहरुको भने खातामा चाडपर्व खर्च भने जम्मा भइसकेको थिएन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले चाडपर्व खर्चबापतको रकम जम्मा हुने प्रक्रियामै रहेको जानकारी दिएको छ । “हामीले पठाएका छौँ, तर जम्मा भइसकेको छैन, आज हुन पनि सक्छ ।”

- ADVERTISEMENT -

Advertisement

खातामा भत्ताको रकम जम्मा नहुँदै बुधबार बिहान मन्त्रिपरिषद् बैठक बसेर मुख्यमन्त्री र मन्त्रीहरुले दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । प्रदेश मन्त्रिपरिषद्‌को बुधबार बिहानको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए ।

प्रदेशका मुख्यमन्त्रीले मासिक ७० हजार सात सय ३० रुपैयाँ र मन्त्रीहरुले ६० हजार तीन सय २० रुपैयाँका दरले सुविधा र सोही एक महिनाबराबरको चाडपर्व खर्च पाउने कानुनी व्यवस्था छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले ऐनअनुसारै भत्ता जम्मा गरिदिन लागिएको तर मन्त्रिपरिषदको लिखित निर्णय आए निर्णयाानुसारै गरिने जनाएको छ ।

मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व खर्च चार लाख ३२ हजार ६ सय २५ रुपैयाँ हुन आउँछ । सोही रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय मन्त्रिपरिषद्‌ले गरेको हो । मन्त्रीका स्वकीय सचिवहरुले भने भत्ता पाउँछन् ।

कोरोना उपचार नि:शुल्क
यस्तै, गण्डकीले कोरोना संक्रमितको उपचार नि:शुल्क गर्ने निर्णय गरेको छ । संघ सरकारले नागरिकले आफैं उपचार र परीक्षण गर्नुपर्ने बताइरहेका बेला गण्डकीले आफ्नो प्रदेशभित्रका सबै नागरिकको उपचारको जिम्मा लिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -