- ADVERTISEMENT -

दशैको बेला निकालिएको नयाँ नोटमा हस्ताक्षर र नम्बरै छैन

October 13, 2018
2496
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २७ असोज २०७५ । नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेको छ। दशैंका बेलामा निर्वाणा बचत तथा ऋण सहकारी संस्था सामाखुसीबाट ५० रुपियाँको नोटमा हस्ताक्षर र नम्बर नभएको फेला परेको हो ।

निर्वाणा बचत तथा ऋण सहकारी संस्थाका कर्जा अधिकृत अमीर तिमिल्सिनाका अनुसार १ लाख २० हजार रुपियाँ रिलायन्स फाइनान्सबाट निकालेका थिए । जसमध्ये ५० रुपियाँको नोटमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर र नम्बर नै उल्लेख गरिएको छैन ।

- ADVERTISEMENT -

Advertisement

विगत १० वर्षदेखि सो सहकारीले मागअनुसार नयाँ नोट सटही गर्दै आएको थियो । यस वर्ष भने नयाँ नोट साट्नका लागि राष्ट्र बैंकले सहकारी संस्थालाई २ लाख रुपियाँ मात्र उपलब्ध गराएको छ । बजारमा राष्ट्र बैंकले उपलब्ध गराएकै रकम शंकास्पद देखिँदा आम उपभोक्ता त्रासमा छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले धेरै रकममा केही त्रुटि हुनु स्वाभाविक भएको बताउनुभयो । उहाँले मुद्रा व्यवस्थापन विभागमा सम्पर्क गरी हस्ताक्षर र रकम नै उल्लेख नभएको नोट साट्न मिल्ने नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -