- ADVERTISEMENT -

दशैं बिदामा पनि यी बैंकका काउन्टर खुल्ने

October 4, 2019
1021
Shares
Bank sign on traditional europe building facade
- ADVERTISEMENT -

काठमाडौँ, १७ असोज २०७६ । दशैं बिदामा पनि अधिकांस बैंकहरुले बैंकिङ सुविधा प्रदान गर्ने भएका छन । दशैं बिदामा उपत्यका भित्र र उपत्यका बाहिरका प्रमुख शहरहरुका शाखा कार्यालय खोल्ने बैंकहरुले जनाएका छन् ।

शंग्रिला डेभलपमेन्ट बैंक,माछापुच्छ्रे बैंक,सिभिल बैंक,एनआईसी एसिया,सिटिजन्स बैंक, नविल बैंक,जनता बैंक, मेगा बैंक,सानिमा बैंक,एनएमबी,ग्लोबल आइएमईबैंकले दशैँको बिदामा पनि विभिन्न स्थानका काउण्टरहरु खुला राख्ने जनाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

शंग्रिला डेभलपमेन्ट बैंकले फूलपाती, अष्टमी, नवमी र एकादशीको दिन नगद काउन्टर यसैगरी माछापुच्छ्रे बैंकले पनि सप्तमी, अष्टमी र नवमीमा केहि शाखा खुला राख्ने जनाएको छ ।

सिभिल बैंक सप्तमीदेखि एकादशीसम्म आफ्ना १३ शाखाहरु खुल्ने जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

एनआईसी एशिया बैंकले फूलपातीको दिन काठमाडौं उपत्यकाभित्र सामाखुसी, कमलादी, सातदोबाटो, महाराजगञ्ज, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर, थानकोट तथा काठमाडौं उपत्यका बाहिर धनगढी–चौराहा, बुटवल, न्यूरोड–पोखरा, लेकसाईड–पोखरा र हेटौंडास्थित शाखा कार्यालयहरु खुल्ला रहने जनाएको छ । त्यस्तै अष्टमीका दिन काठमाडौं उपत्यकाभित्र सामाखुसी, कमलादी, पुल्चोक, न्यूरोड–खिचापोखरी, महाराजगञ्ज, थापाथली तथा काठमाडौं उपत्यका बाहिर बुटवल, नेपालगञ्ज, न्यूरोड–पोखरा, कावासोती, वीरगंज, लाहान, जनकपुर, सिराहा, मलंगवा, चन्द्रनिगाहपुर, विराटनगर, ईटहरी, दमक र नारायणगढ शाखा खुल्ला रहनेछन् ।

नवमीका दिन बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, तथा काठमाडौं उपत्यका बाहिर धनगढी हस्पिटल–लाईन, बुटवल, न्यूरोड–पोखरा, दुलेगांैडा, लिंकरोड, मिरचैया, राजविराज, बर्दिबास, हरिवन, गौर, विराटनगर, धरान, चारपाने र हेटौंडास्थित शाखा कार्यालयहरु खुला रहनेछन् ।

एकादशीका दिन काठमाडौं उपत्यकाभित्र बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर तथा काठमाडौं उपत्यका बाहिर न्यूरोड–पोखरा, बाग्लुङ, बुटवल र नारायणगढस्थित शाखा कार्यालयहरु खुल्ला रहनेछन् ।

खुल्ला रहने शाखाहरुमध्ये न्यूरोड खिचापोखरी, भक्तपुर, महाराजगञ्ज शाखा अपरान्ह १ बजेदेखि ४ बजेसम्म र अन्य शाखाहरु बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म खुल्ला रहने बैंकले जनाएको छ।

सिटिजन्स बैंकले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखा खुल्ला रहने जानकारी दिएको छ।

नविल बैंकले विभिन्न १६ वटा शाखा कार्यलय मार्फत १८ गते तथा अन्य दिनमा काठमाडौंको तिनधारा र ललितपुर शाखा कार्यलय बाट नगद कारोबार सेवा संचालन गर्ने जनाएको छ ।

जनता बैंकले आफ्ना देभरीका विभिन्न ९ वटा शाखा कार्यलय मार्फत १८ र १९ गते बैंकिङ सेव प्रदान गर्ने जनाएको छ । मेगा बैंकले १९ वटा शाखा खुल्ला रहने जनाएको छ ।

सानिमा बैंकले काठमाडौँ उपत्यकाका मुख्य कार्यालयसहित ४ र उपत्यका बाहिरका १३ गरि कुल १७ शाखा दशैँको विदामा पनि खुल्ला रहने जनाएको छ ।

एनएमबी बैंकले दशैँको विदामा विभिन्न ५ शाखामार्फत विदाको अवधिमा पनि सेवा दिने जनाएको छ ।

ग्लोबल आइएमई बैंकले काठमाडौँ उपत्यकाका ४ र उपत्यका बाहिरका ६ वटा शाखा खुल्ला रहने जानकारी दिएको छ ।

सनराईज बैंकले विदाको अवधिमा विभिन्न स्थानका गरि आफ्ना जम्मा १६ शाखा खुल्ला रहने जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -