- ADVERTISEMENT -

दशैँको अवसरमा ‘बिगो डान्स च्याम्प’ हुँदै, प्रथमलाई नगद ५० हजारदेखि फिल्म खेल्ने अवसर

October 2, 2020
614
Shares
- ADVERTISEMENT -

काठमाडौँ, शुक्रबार, १६ असोज २०७७ । नेपालीहरुको महान पर्व वडा दशैँको अवसरमा ‘बिगो डान्स च्याम्प–२०२०’ हुने भएको छ । किङ ग्रुपको पहिलो प्रस्तुतिको रुपमा यस वर्षको वडा दशैँको पावन अवसरमा बिगो लाइभ नृत्य प्रतियोगिता ‘विगो डान्स च्याम्प–२०२०’ आयोजना हुन लागेको हो ।

बिगो एपमार्फत लाइभ गरिने उक्त प्रतियोगितामा निःशुल्क सहभागि हुन सकिनेछ । असोज २० (अक्टोबर ६ तारिक) गतेसम्म आवेदनका लागि मोवाइल नम्वर ९८४१३११५१० मा सम्पर्क गरिसक्नु पर्नेछ । विश्वका कुनै पनि गीत, संगीतमा प्रस्तुती दिन सकिने र विश्वका सबै देशबाट सहभागि हुन पाउने प्रावधान रहेको आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रतियोगितालाई ३ चरणमा विभाजन गरिएको छ । असोज २१ (अक्टोबर ७ तारिक) गतेदेखि अडिसन राउण्ड सुरु हुनेछ । अडिसन राउण्डबाट सेमिफाइनलका लागि २१ जना छनोट हुनेछन् । सो पश्चात फाइनलका लागि १० प्रतियोगि छनोट गरि कात्तिक ५ (अक्टोबर २१ तारिक) गतेसम्म ग्राण्ड फिनाले हुने जनाइएको छ ।

प्रतियोगितालाई नेपाल समय अनुसार दिउसो ३ देखि ५ बजेसम्म विगो मार्फत लाईभ प्रशारण गरिनेछ ।

विजयी प्रथम, द्धितीय र तृतीयलाई क्रमश नगद ५० हजार, ३० हजार र २० हजार सहित ट्रफी प्रदान गरिनुको साथै उत्कृष्ट १ जनालाई बिग ब्यानर फिल्ममा अभिनय गर्ने अवसर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

वरिष्ट कोरियोग्राफर महेश गोदार, चलचित्र निर्देशक मुस्कान ढकाल र मोडल तथा नृत्य निर्देशक बिनु शाक्य प्रतियोगिताको निर्णायक भुमिकामा रहेका छन् भने इन्टरट्रेनरमा सुलेमान शंकर ‘इकु’ छन् भने कार्यक्रमलाई सिमोन न्यौपानेले सञ्चालन गर्दैछन् ।

कोरोना कहरको समयमा पनि नृत्य कलामा रुची तथा क्षमता भएका व्यक्तिहरुको हौशला एवं अवसरका लागि बिगो डान्स च्याम्प–२०२० को आयोजना गर्न लागिएको आयोजक संस्था किङ ग्रुपले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -