- ADVERTISEMENT -

थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण, नेपालमा कुल संक्रमितको संख्या ८ हजार २ सय ७४

June 19, 2020
569
Shares
- ADVERTISEMENT -

काठमाडौं, शुक्रबार, ५ असार २०७७ । नेपालमा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

- ADVERTISEMENT -

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४ सय २६ जनामा संक्रमण देखिएको बताउनु भयो । आज थपिएका ४ सय २६ सहित नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा थप २ सय १६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १४०२ पुगेको छ ।

कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -