- ADVERTISEMENT -

तरुण दलका नेता सिंहको हत्या गरेको घटनाप्रति कांग्रेसको ध्यानाकर्षण

January 27, 2021
787
Shares
- ADVERTISEMENT -

काठमाडौं, १४ माघ २०७७ । बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नं. ३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कुटपिट गरी धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण गरेको छ ।

आज एक प्रेस बिज्ञप्ति जारी गर्दै घटनामा संलग्न आक्रमणकारीहरुको तत्काल खोजी गरी उनीहरुलाई कडा भन्दा कडा कारवाही गर्न नेपाली कांग्रेस जोडदार माग गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रेस विज्ञप्ति

बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नं. ३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कुटपिट गरी धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ ।

छविसपाथिभेरा—३ मा रहेको वान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापनको समितिको निर्वाचन सकेर घर फर्कने क्रममा हिजो मंगलबार साँझ उहाँलाई नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गरेर धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

नेपाली कांग्रेस यस घटनाको घोर निन्दा र भत्र्सना गर्दछ । घटनामा संलग्न आक्रमणकारीहरुको तत्काल खोजी गरी उनीहरुलाई कडा भन्दा कडा कारवाही गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।

सामान्य विषयलाई लिएर कुनै पनि नागरिकको हत्या हुनु अत्यन्त दुःखद विषय हो । पछिल्लो क्रममा नेकपाका कार्यकर्ताहरुबाट नेपाली कांग्रेसका नेता÷कार्यकर्ताहरुमाथि गम्भीर रुपले प्रहार हुन थालेका घटनाहरु आइरहेका छन् । नागरिकको बाँच्न पाउने संविधानप्रदत्त अधिकार माथि नेकपाका कार्यकर्ताहरुले खुलेआम चुनौति दिन थालेका छन् । भविष्यमा यस्ता घटनाहरु पुनः नदोहो¥याउन नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत आग्रह गर्दछ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -