- ADVERTISEMENT -

डेनभरमा लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेको एकल साँझ हुने

August 6, 2018
1913
Shares
- ADVERTISEMENT -

कोलोराडो, श्रावण २१, २०७५ । एनआरएन कोलोराडो च्याप्टर तथा एनआरएन हेल्प डेस्कको संयुक्त आयोजनामा कोलोराडोको वेष्टमिनस्टर सहरमा लोक दोहरि गायक पुरुषोत्तम न्यौपानेको यही अगस्त १८ शनिवार एकल साँझको आयोजना गरिने भएको छ ।

एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष तथा हालका कार्यवाहक अध्यक्ष डा. सुनिल शाहको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रमबाट उठेको रकम खर्च कटाएर भर्खरै सडक दुर्घटनामा घाइते भएका विद्यार्थी मनोज पन्तलाई सहयोग गरिने छ । कोलोराडोवासी नेपालीहरू उक्त कार्यक्रममा सहभागी हुन एनआरएन हेल्प डेस्कका केन्द्रीय सदस्य तथा यस कार्यक्रमका संयोजक वासुदेव खनालले हार्दिक अनुरोध गर्नुभएको छ ।

- ADVERTISEMENT -

Advertisement

बि.स. २०४६ सालबाट औपचारिक सांगीतिक यात्रा सुरु गरेका गायक न्यौपानेका अमेरिकावासी नेपाली प्रंशसकले उहाको एकल साँझलाई उत्साहका रूपमा लिएका छन् ।

वेष्ट मिनिस्टर स्थित याक एण्ड यति रेस्टुरेन्टमा चल्ने उनको प्रस्तुति हेर्नका लागि आयोजकहरूले १५ डलर प्रवेश शुल्कको व्यवस्था गरेका छन् । उक्त १५ डलरमा निःशुल्क खानाको पनि व्यवस्था गरिएको छ ।

हरितालिका तीज नजिकिदै गर्दा गायक न्यौपानेको प्रस्तुति हेर्न दर्शकहरू उत्साहित हुनुको पक्ष यो पनि हो की गायक पुरुषोत्तम न्यौपाने नै हुन् , जसले तीजका गीतमा पनि पुरुषले गाउन सक्छन् भनेर आफैँले सुरुवात गर्नुभयो ।

तीजको शुभ सन्ध्यामा सम्पूर्ण महानुभावहरू विशेषतः दिदीबहिनी, आमाहरूमा उपस्थित भई नाचगान गर्दै सुख दुख: साटासाट गर्न एन आर एन कोलोराडो च्याप्टर उपाध्यक्ष तथा हेल्प डेस्क कोलोराडो संयोजक कुमार जङ्ग कार्कीले हार्दिक आमन्त्रण गर्नुभएको हो ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -