- ADVERTISEMENT -

डा.गोबिन्द के सी का माग पूरा गर्न न्यायका लागि मानव अधिकारद्वारा अपिल

September 20, 2020
943
Shares
- ADVERTISEMENT -

काठमाडौं, आइतबार, ४ असोज २०७७ । न्यायका लागि मानव अधिकारद्वारा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द के सी का माग पूरा गर्न सरकारसँग अपिल गरेको छ ।

मेडिकल शिक्षामा भएको विकृतिको अन्त्य, गुरस्तरिय स्वास्थ्य, शिक्षा तथा सर्वसाधारणको पहुँचमा स्वास्थ्य उपचार लगायतको माग राखी पटक पटक अनशन बस्दै आउनु भएका सत्याग्रही प्रा. डा. गोबिन्द के सी पुनः अनशनमा बस्नु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

उहाँ १९ औं पटक भाद्र २९ गते सोमबारदेखि जुम्लाको चन्दननाथ नगरपालिका- ६ रानीचौरको मन्दिरमा सरकारसंग यसअधि गरेको सम्झौता कार्यान्वयनका लागि १९ औं पटक आमरण अनशन बस्नु भएको छ ।

आज आइतबार न्यायका लागि मानव अधिकारले प्रेस बिज्ञप्ति जारी गर्दै पटक पटक अनशन बस्दै आउनु भएका सत्याग्रही प्रा. डा. गोबिन्द के सी पुनः १९ औं पटक अनशनमा बस्नु भएको आज ७ दिन बितिसक्दा पनि सत्याग्रहको माग तथा स्वास्थ्य समस्यालाई ब्यवास्था गरी के सी को जीवन रक्षाका लागि उदासिन रहेको सरकारको रबैयाप्रति न्यायका लागि मानव अधिकार संजालद्वारा गम्भीर ध्यानाकर्षण गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

सत्याग्रही प्रा. डा. गोबिन्द के सी ले आफ्ना आन्दोलनको सुरुवातदेखि नै राखेका मागहरू सरकारले पटक पटक सहमति गर्ने तथा सहमतिको पालना नगर्ने क्रम चलिरहेको छ ।

सत्याग्रही प्रा. डा. गोबिन्द के सी ले राखेका मागहरु निजको ब्यक्तिगत नभई देश र सर्बसाधारण जनताको हितमा भएको प्रष्ट हुँदाहुँदै पनि विभिन्न स्वार्थका कारण सरकारले आन्दोलन मागलाई अपेक्षा गरि एक वृद्ध सत्याग्रहीको जीवन नै खतरामा पार्ने काम भइरहेको छ । जुन अमानवीय, अलोकतान्त्रिक चरीत्रको पराकाष्ठा हो, बिज्ञप्तिमा भनिएको छ ।

लोकतन्त्रमा सत्याग्रह र सोको माध्यमबाट दिइएको दवाबलाई सकारात्मक रुपमा हेरिनुपर्नेमा सम्झौता कार्यान्वयनका लागि आन्दोलन नै गर्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य हुने गरी ब्यक्तिको बाच्न पाउने अधिकारको रक्षा गर्दै डा. के सी का सम्पुर्ण मागहरु र यस अघिका सहमतिहरु तुरुन्त कार्यान्वयन गरि जीवन रक्षा गर्न नेपाल सरकार तथा सरोकारवालाहरुसंग न्यायका लागि मानव अधिकारको अपिल गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -