- ADVERTISEMENT -

ट्रम्प र किम बीच कोरियाली प्रायद्वीपलाइ निशस्त्रीकरण बनाउने चारबुँदे समझदारी

June 12, 2018
1714
Shares
- ADVERTISEMENT -

संयुक्त राज्य अमेरिका र उत्तर कोरियाले कोरियाली प्रायद्वीपलाइ निशस्त्रीकरण बनाउने सहितका चार बुँदे संयुक्त समझदारी पत्रमा हस्तारक्षर गरेका छन्।

बहुप्रतिक्षित भनिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएको वार्तापछि  चार बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो।

- ADVERTISEMENT -

Advertisement

समझदारी पत्रको पहिलो बुँदामा अमेरिका र उत्तर कोरिया दुबै देशका जनताको शान्ति र समृद्धिको चाहना अनुरूप नयाँ सम्बन्ध स्थापना गर्न प्रतिबद्धता जनाएका छन्।

दोस्रो बुँदामा कोरियाली प्रायद्वीपमा दीर्घकालीन र स्थिर शान्ति कायम गर्न अमेरिका र उत्तर कोरियाले संयुक्त प्रयास गर्ने उल्लेख छ।

तेस्रो बुँदामा उत्तर कोरियाले सन् २०१८ अप्रिल २७ मा भएको पान्मुन्जोम घोषणा दोहोर्‍याउँदै कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरणका लागि प्रतिबद्ध जनाएको छ।

समझदारी पत्रको चौथो बुँदामा अमेरिका र उत्तर कोरियाले युद्धबन्दी/बेपत्ता खोजी र पहिचान भएकाहरूको आदानप्रदान प्रतिवद्धता जनाएका छन्। समझदारी पत्रमा हस्ताक्षर गरेपछि उत्तर कोरियाली नेता किमले आफूहरूले बिगतलाई छोडिदिने निर्णय गरेकाले अब संसारले नयाँ परिवर्तन देख्ने बताए।

 

दुईदेशबीच भएको सहमतिको बुँदा हेर्नुस्

१. शान्ति र समृद्धिको लागि दुवै देशको जनताको चाहना अनुसार संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया -उत्तर कोरिया) दुई देशबीच नयाा सम्बन्ध स्थापनाको लागि प्रतिबद्ध छन् ।

२. अमेरिका र उत्तरकोरिया दुवैले कोरियाली प्रायद्विपमा एक स्थिर र शान्त व्यवस्थाको निमार्णको लागि आ-आफ्नो तर्फबाट प्रयास गर्नेछन् ।

३. अप्रिल २७, २०१८ को ‘पान्मुनजोम सम्झौता’लाई पुनःपुष्टि गर्दै उत्तर कोरिया कोरियाली प्रायद्विपको सम्पूर्ण निशस्त्रिकरणको लागि काम गर्न प्रतिबद्ध छ ।

४. संयुक्त राज्य अमेरिका र उत्तर कोरिया युद्धबन्दीहरु र हराएकाहरुको खोजीमा प्रतिबद्ध छ र पहिचान भैसकेकाहरु युद्धबन्दीहरुलाई तुरुन्तै आ-आफ्नो देश फर्काइने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -