- ADVERTISEMENT -

टर्कीमा शक्तिशाली भूकम्प: १८ को मृत्यु, ५ सय भन्दा बढी घाइते

January 25, 2020
936
Shares
- ADVERTISEMENT -

स्तानबुल, ११ माघ २०७६ । टर्कीमा आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

शुक्रबार आएको ६.८ म्याग्नीच्युडको भूकम्पका कारण अरु ५ सय भन्दा बढी घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

टर्कीको राजधानी अङकारादेखि पूर्वी क्षेत्रमा पर्ने एलाजिग प्रान्तमा स्थानीय समयानुसार शुक्रबार बेलुका ८।५५ मा भूकम्प आएको हो ।

स्वास्थ्य मन्त्री फहरेटिन कोकाले मृत्यु भएका मध्ये १३ जनाको एलाजिग प्रान्तमा र अरु पाँच जनाको छिमेकी मालात्य प्रान्तमा मृत्यु भएकोे जानकारी दिए ।

त्यसैगरी गृह मन्त्री सुलेमन सोयलुले पनि घटनामा परी ५०० जनाभन्दा बढी घाइते भएको पुष्टि गरे ।

उनले घटनास्थलहरुमा खोजी तथा उद्धारकार्य भइरहेको र तीस जना भत्किएको घर भित्र पुरिएको पनि जानकारी दिए ।

प्रत्यक्षदर्शीहरुका अनुसार कम्तीमा १० देखि १२ सेकेण्डसम्म कम्पन भएको थियो । त्यो निकै शाक्तिशाली थियो ।

“हामीलाई यो रात निकै गाह्रो भयो,” एक भूकम्प पिडितले भने । उनीहरुका अनुसार त्यतिबेला तापक्रम माईनस पाँच डिग्री सेल्सियस पुगेको थियो ।

भूकम्पपछि दर्जनौ पटक पराकम्प पनि आएको बताइएको छ । भूकम्पको प्रभाव चार ओटा प्रान्तमा परेको विवरणहरु आएको अधिकारीहरुले जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -