- ADVERTISEMENT -

जिपी कोइराला फाउन्डेसन अमेरीकामा काग्रेस नेताहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न

July 14, 2019
1118
Shares
- ADVERTISEMENT -

के पी भट्ट/कनेक्टिकट अमेरिका जुलाई १३- नेपाली कांग्रेसका पुर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित गिरिजाप्रसाद कोइराला फाउण्डेशन, अमेरिका शाखाले न्युयोर्क को अाफ्नै कार्यलयमा स्वागत तथा भेटघाट कार्यक्रम जुन ११ को बेलुकी सम्पन्न गरेको छ। यस कार्यक्रम को प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र विशेष अतिथि नेपाल तरुण दलका सभापति जित जगं बस्नेत हुनुहुन्थ्यो र कार्यक्रम को अध्यक्षता यसै फाउण्डेशन का अध्यक्ष सोमनाथ घिमिरेले गर्नु भएको थियो।
अध्यक्ष घिमिरेले प्रमुख अतिथि र विशेष अतिथि लाई खादा लगाइ स्वागत र सम्मान गर्नु भएको थियो। अध्यक्ष घिमीरेले शुभकामना मन्तव्य दिदै सबै उपस्थित महानुभावहरुलाई परिचय गराउनु भएको थियो ।
उक्त कार्यक्रममा फाउण्डेशन की सल्लाहकार तथा एक जुझारु नेत्री उमा शाह र अर्का हाम्रा जुझारु नेता, एन अार एन अमेरीका का सल्लाहकार श्याम काजी गुरुङ र ने.का. नेत्री रामेश्वरी बिष्ट भट्टराई लाई पनि खादा लगाइ अध्यक्ष ले स्वागत गर्नु भएको थियो।
फाउण्डेशन का उपाध्यक्ष सुवर्ण लामा ले अतिथिहरुलाइ स्वागत गर्दै अमेरिका को कांग्रेसका साथीहरु को कृयाकलाप को बारेमा धारणा राख्दै अरु कसैको पछाडि नलागी हम्रो अाफ्नो सघंठन बलियो र एक ढिक्का बनाउन का लागि अादरणीय नेताहरु माझ अाफ्नो प्रष्ट बिचार राख्नु भयो। स्वागत मन्तव्य कै क्रममा फाउण्डेशन का केन्द्रीय सदस्य तथा नेपालि जनसम्पर्क समिति अमेरीका का सस्थांपक सदस्य अादित्य महर्जनले समिति वारे अाफ्नो धारणा राख्दै पार्टी ले सही मुल्याकंन गर्नु पर्छ भन्नु भयो। स्वागत मन्तव्य दिनेहरुमा नेपाल तरुण दल पर्वतका उपाध्यक्ष हेमन्त बम मल्ल, नेपाली जनसम्पर्क समिति अमेरिका न्यु-यार्क की कोशाध्यक्ष मोना शर्मा, नेपाल तरुण दल अमेरिका का उप-सभापति अनन्त सुवेदी, एन अार एन अमेरीका का निमित्त बोर्ड अफ डाइरेक्टर अाङ निमा ग्यालजेन शेर्पा लगायत हुनुहुन्थयो।
मन्तव्य कै क्रममा श्याम काजी गुरुङले पार्टी मा सबैलाइ समेटेर एउटा बलियो खम्बा बनाउन हामी सबै लाग्नु पर्ने बताउदै अब कम्युनिस्ट सगं लडन तयार हुन अाग्रह गर्नु भयो। फाउण्डेशन की सल्लाहकार उमा शाहले अब हामीले हिजोका दिनहरु मा गरेका गल्ती, कमी-कमोरी लाइ अात्मसाथ गर्दै सच्चाइ अघी बढन अाग्रह गर्नु भयो र फाउण्डेशन लाइ सर सल्लाह दिने अाफ्नो कर्तव्य लाइ दृढता का साथ गर्ने र फाउण्डेशन ले सामाजिक कार्यहरु गरेर अघी बढेकोमा खुशी व्यक्त गर्नु भयो।
विशेष अतिथि नेपाल तरुण दलका सभापति जित जगं बस्नेत ले यस फाउण्डेशन लाइ उत्तरोत्तर प्रगति को शुभकामना दिदै नेपाल तरुण दल र अाफ्नो व्यक्तिगत तर्फवाट सहयोग गर्न तयार रहेको भन्दै अमेरिकी मुलधार राजनीति मा समलग्नं हुदै नेपाली र अमेरिकी राजनितीज्ञ बिच बहसको थालनी गर्न पहलकदमी गर्न सुझाव दिनुभयो साथै नेपालमा दुइ तिहाइ कम्युनिस्ट सरकार ले प्रजातन्त्र, प्रेस स्वतन्त्रता र न्यायालय मा प्रहार सुरु गरेको र कम्युनिस्ट साशन लाद्न खोजेकोले नेपाल तरुण दलले शसक्त अान्दोलन गर्ने घोषणा गरेर देशभरी सरकार लाइ खबरदारी गर्दै अाएको प्रष्ट्याउनु भयो।
अन्त्यमा कार्यक्रम को प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई ले हाम्रो मुहाननै धमिलो भएकाले अब हामी सबै मिली सङलो बनाउन पहल गर्नु पर्छ भन्नु भयो। वहाँ ले सचेत गराउदै अमेरिका जस्तो ससांरकै पुरानो प्रजातान्त्रिक देशमा जहाँ कम्युनिस्टलाइ ”क” पनि भन्ने अधिकार छैन, तिनिहरु सगं हामी प्रजातन्त्रवादी साथीहरु नै नजिक भएर सहकार्य गर्नु नै अाफ्नो खुट्टा मा अाफै बन्चरो हान्नु हो भन्नु भयो।त्येसैले यस्ता गतिविधिहरू तुरुन्त बन्द गर्न र कांग्ररेस का साथीहरु एक भएर अघि बढन समेत अाग्रह गर्नु भयो।
गीरीजा केइराला फाउण्डेशन अमेरीका का अध्यक्ष सोमनाथ घिमीरे ले नेपाल र विदेशी मुलुकको सम्बन्ध राम्रो बनाउन फाउण्डेशनले पुलको काम गर्नेछ र नेपालको शिक्षा, स्वास्थ्य, पर्यटनको विकासका लागि फाउण्डेशनले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।
युग पुरुष गिरिजाप्रसाद कोइरालाको तिन मन्त्र सहमति, सहकार्य र एकता ले नै नेपाललाई नयाँ युगमा प्रवेश गराएको ताजै छ भन्दै सबै उपस्थित महानुभावहरुलाई धन्यवाद प्रकट गर्नु भयो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -