- ADVERTISEMENT -

जापानले नेपाललाई सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्न २३ अर्ब ऋण दिने

October 22, 2018
1419
Shares
- ADVERTISEMENT -

बढ्दो सवारी दुर्घटना र ट्राफिकजाम न्यूनीकरण गर्ने उद्देश्यले सूर्यविनाय–धुलिखेल सडकखण्ड विस्तार गर्न खोजिएको हो। हाल यो सडक दुई लेनको छ। यो सडक विस्तारबारे जापानिज कम्पनीले नै प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न गरिसकेको छ। यसलाई विस्तार गरेर आठ लेनको बनाइनेछ। खण्डको पालाँसे–साँगा भन्ज्याङमा दुई मुखे सुरुङमार्ग पनि निर्माण गरिनेछ।

सूर्यवनायकबाट एक दशमलव २९ किमि दूरीको सुरुङमार्ग काठमाडौंबाट बाहिरिने र सोही स्थानमा १ दशमलव २३ किमिको सुरुङ भने प्रवेशका लागि बनाइने भएको छ। भौगोलिक बनावटका कारण काठमाडौंबाट बाहिरिनेभन्दा भित्रिने दूरी ६ मिटर छोटो हुने प्रारम्भिक अध्ययन प्रतिवेदनले देखाएको छ। विभागका अनुसार भक्तपुरको पलाँसेबाट धुलिखेल जाने सडकमा पर्ने घुम्तिले सडक दुर्घटना निम्त्याउने भएकाले सुरुङमार्गसहितको प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको महाशाखाले जानकारी दिएको छ।

- ADVERTISEMENT -

Advertisement

यस अघि जापान सरकारको सहयोगमै निर्माण गरिएको यो सडक जोड्ने कोटेश्वर–सूर्यविनायक सडकखण्ड ६ लेनको छ।सूर्यविनाक–धुलिखेल सडक पनि कोटेश्वर–सूर्यविनायक सडककै मोडलमा निर्माण गरिनेछ।नेपालको पहिलो सडक सुरुङमार्ग नागढुंगा निर्माण गर्न जापान सरकारले नै ऋण उपलब्ध गराएको थियो। यस खण्डमा ४० वर्षका लागि ०।१ प्रतिशत सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराएको थियो।जापानसँग ऋण सम्झौता टुंगो लागेपछि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० प्रक्रिया अघि बढाइनेछ

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -