- ADVERTISEMENT -

जापानमा ‘आँधी’ ले राजधानी टोकियो सहित आसपासको क्षेत्रको जनजीवन शनिवार र आईतबार ठप्प पार्ने सम्भावना

October 10, 2019
1274
Shares
- ADVERTISEMENT -

जापान, २३ असोज २०७६ । जापानमा शक्तिशाली ताईफु ‘आँधी’ले राजधानी टोकियो सहित आसपासको क्षेत्रको जनजीवन शनिवार र आईतबार दुईदिन ठप्प पार्ने सम्भावना देखिएको छ ।

शुक्रबारबाट नै बर्षा र हावाहुरी निम्त्याउने हागीबिस ताईफु खतराको स्तरमा सबैभन्दा बढी पाँचको स्थानमा रहेको मौसम एजेन्सीका अधिकारी बताएका छन् । जापानको मौसम एजेन्सीले शक्तिशाली आँधी हागिबिस यही अक्टोबर १२ र १३ तारिख शनिवार र आईतबार मध्य जापानको दैनिकी ठप्प हुने गरी टोकियो तर्फ अघि बढिरहेको मौसम विभागले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

बिहीबार अपरान्हबाट ओगासावारा द्धिपमा मुसधारे बर्षा सहितको हावाहुरीले वितण्डा मच्चाउन सुरु गरेको जापानी समाचार संस्था एनएचके टेलिभिजनले समाचार प्रशारण गरेको छ । जापानको राष्ट्रिय पर्यटन संगठनले एक सूचना जारि गर्दै शुक्रबार रातीबाट आईतबार रातीसम्म जापान भ्रमणमा रहेका पर्यटकहरुलाई सजगता अपनाउन आग्रह गरेको छ ।

जापानको प्रमुख रेल कम्पनी जेआर ईष्टले अनौपचारिक जानकारी सार्वजनिक गर्दै १२ र १३ तारिख शनिवार र आईतबार राजधानी टोकियोबाट सञ्चालन हुने सबै तिब्रगतिको रेलसेवा बुलेट ट्रेन बन्द हुने जनाएको छ ।जे-आर ईष्टले आगामी शनिवार र आईतबार राजधानी टोकियो र आसपासको क्षेत्रहरु नागोया, ओसाका, उचुनोमिया सहित नागानोक्षेत्रमा समेत सबैखाले रेलसेवा ठप्प हुनसक्ने भन्दै आफ्ना काम र भ्रमणका तालिकाहरु सोही अनुसार तय गर्न सबैमा अनुरोध गरेको छ । जेआर ईष्टले यसबारेमा विस्तृत विवरण ११ तारिख अर्थात् भोली शुक्रबार बिहानसम्ममा सार्वजनिक गर्ने जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

आईची प्रिफेक्चरस्थित टोयोटामा हुने न्युजिल्याण्ड र ईटालीको खेल सहित योकोहामामा हुने ईंगल्याण्ड र फ्रान्सबिचको खेल रद्द गरिएको जनाएको छ ।

जापान मौसम एजेन्सीले शनिबार मध्यान्हदेखी राजधानी टोकियो र आसपासको क्षेत्रमा सबै रेलसेवा सहित सडक मार्ग र हवाई उडानहरु पूर्ण रुपमा बन्दहुने पूर्वानुमान गरेको छ । शक्तिशाली र बिध्वंसक रहेको हागीबिस ताईफुको समयमा घरबाहिरको यात्रा नगर्न अनुरोध मौसम एजेन्सीका अधिकारीहरुले अनुरोध समेत गरेका छन् ।

टोकियो नजिकका पहाडी क्षेत्रमा भारी बर्षाले पहिरो जानुका साथै बाढी र सामुन्द्रिक किनार छेउ बिपत्ति निम्त्याउनसक्ने भएकाले जोखिमबाट बच्न पूर्व तयारी गर्न त्यस्तो स्थानमा रहेका नागरिकहरुलाई सूचिन गरिएको छ ।

शुक्रबार अपरान्हपछि सडकमार्ग हुँदै सम्भव भएसम्म सवारीका साधन नचलाउन, रेल सेवा कुनैपनि बेला पूर्ण रुपमा ठप्प हुनसक्ने भएकाले पूर्व तयारी गर्न तथा शनिवार बिहानबाट आईतबार साँझसम्म टोकियो आसपासमा रहेका नारिता र हानेदा बिमानस्थल पूर्ण रुपमा बन्द हुने भएकाले सोही अनुसार यात्रामा निक्लन जापानी अधिकारीहरुले सूचित गरेका छन् ।

बिनासकारी ताईफुले टोकियो सहित ताईफुको मुख्य मार्ग रहेको क्षेत्रमा विद्युत्सेवा अवरुद्ध सहित आवास गृह र भौतिक संरचनाहरुमा समेत विपत्ति निम्त्याउन सक्ने उच्च जोखिम रहेको जनाउँदै मौसमविद्धहरुले ताजा मौसम जानकारी र स्थानिय प्रशासन तथा अधिकारीहरुले जारी गरेका सूचनाहरु लिन अनुरोध गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -